काठमाडौंको सौन्दर्य कसरी बढाउने ?

काठमाडौं उपत्यकामा बढ्दो प्रदूषणमा पनि हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै अनेकौं प्रकारका फूल फुलेको देख्न पाइन्छ  । पछिल्लो समय उपत्यकाका विभिन्न ठाउँमा ‘जकारान्डा’को फूलसँगै फोटो खिचेर सामाजिक सञ्जालमा ट्रेन्ड बढेको छ  ।

काठमाडौंको सौन्दर्य कसरी बढाउने ?

रत्नपार्क, टुँडिखेल वरिपरि, दरबारमार्ग, लाजिम्पाट, नक्साल, न्युरोड, रिंगरोड आसपास फुलेका ‘जकारान्डा’का फूलले पर्यावरण पनि हेरौं–हेरौं लाग्ने बनाएको छ । प्रदूषण सूचांक २०१९ का अनुसार विश्वका २९४ वटा प्रदूषित सहरमध्ये काठमाडौं चौथो स्थानमा रहेको छ । कुल जनसंख्याको १२ प्रतिशत जनसंख्या काठमाडौं उपत्यकामा बस्ने गर्छन् । अस्तव्यस्त सहरीकरण, बढ्दो जनसंख्या, सवारी साधनको चाप लगायतले काठमाडौंलाई छिट्टै गिराउँदैछ । तर नीति निर्माण तहमा बस्नेहरूले ब्रुमरबाट फोहोर सफा गर्दैछन् । नीति निर्माताहरूले सडकलाई हरित सडक, ठूला–साना गाडीका लागि छुट्टाछुट्टै सडक, साइकल लेनसँगै पैदल यात्रीका लागि सडक बनाउनेतर्फ ध्यान दिए जस्तो देखिन्न ।


वातावरणीय विज्ञान र प्रविधि सम्बन्धी जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार कंक्रिट, पिच गरिएका सडक आसपासमा मानव स्वास्थ्यलाई हानिकारक नाइट्रोजन डाइअक्साइड र अन्य विभिन्न सूक्ष्म कणहरू प्रशस्त मात्रामा हुन्छन् । हरिया बोटबिरुवा, जकारान्डा, गुलमोहर, कल्कीफूल, अशोका, विभिन्न सौन्दर्य दिने फूल, झाडी र बोटहरू लगाउनाले एकातिर सौन्दर्यता बढ्ने र अर्कोतिर मानव स्वास्थ्यलाई अनुकूल वातावरण बनाउन सहयोग पुग्ने गर्छ । त्यसैले अब सडकदेखि आसपासमा मात्र नभएर आफ्ना घर–बगैंचादेखि नै फूल र बोटबिरुवा लगाउन ढिला नगर्ने कि ?
– सन्तोष सागर, कीर्तिपुर, काठमाडौं

प्रकाशित : जेष्ठ १, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?