बालअधिकारको हनन

‘४० डिग्रीको प्रचण्ड गर्मीमा १ घन्टा पैदल’ हिँडाएर बालबालिकालाई उपराष्ट्रपतिको स्वागतमा उभ्याउनु अमानवीय कार्य हो  ।

रौतहटको गर्मीमा खाली खुट्टा स्कुल आउने बालबालिकालाई नगरपालिकाले लिखित उर्दी गरेर विद्यालयबाट कार्यक्रम स्थलमा निम्त्याउनुको औचित्य के ? फेरि कार्यक्रम स्थलमा पुग्दा तिर्खा लागेर, बस्ने ठाउँ नपाएर प्याकप्याक्ती भएको भन्ने खबरले बाल अधिकारको धज्जी उडाएको छ । राजनीतिक स्वार्थपूर्तिका लागि ससाना बालबालिकाको दुरुपयोग किन ? पढ्न छाडेर दबाबमूलक तरिकाले तातो घाममा नेतालाई स्वागत गर्न हिँड्नुपर्दा बालबालिकामा पर्ने मनोवैज्ञानिक असरबारे आयोजकले केही सोचेको छ ? बालबालिकाको अधिकार हनन हुनेगरी गरिने यस्ता दुरुपयोग बन्द गर्नुपर्छ । उपराष्ट्रपति सहभागी कार्यक्रमको उपलब्धिबारे मुख्य समाचार पढ्नुपर्ने ठाउँमा बालबालिकाको पीडाबोधले अग्रस्थान पाउनुपर्ने लज्जाबोध स्थिति अब नदोहोरियोस् ।
– नोदनाथ त्रिताल र कृष्ण बस्ताकोटी
त्रिवि, सूचना तथा जनसम्पर्क महाशाखा, कीर्तिपुर

प्रकाशित : जेष्ठ २, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?