१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कुन बाटो भ्रमण वर्ष ?

सन् २०२० लाई भ्रमण वर्ष मनाउने भनेर सरकारले झ्याली पिटेको पिट्यै छ  । त्यसका लागि अपेक्षित तयारी चाहिँ कछुवा गतिमा चलिरहेको छ  ।

जस्तो— भैरहवा–लुम्बिनी सडक । लुम्बिनीलाई पर्यटकको मुख्य गन्तव्यका रूपमा हेर्ने गरिन्छ तर भैरहवादेखि लुम्बिनी जोड्ने सडकको अवस्था कस्तो छ भनेर बुझ्ने समय तीनै तहका सरकारमा भए जस्तो लाग्दैन । यो सडक विस्तारमा विवाद भए जस्तो लाग्दैन तर निर्माणले किन गति लिन नसकेको हो, बुझिनसक्नु छ । सडक नै स्तरीय नभए पर्यटक कसरी आउँछन् ? आएकाले पनि कस्तो धारणा बनाउलान् ? लुम्बिनीको कस्तो प्रचार गर्लान् ? उक्त सडकमा उड्ने धूलोले स्थानीय बासिन्दालाई कति कष्ट दिएको छ, त्यो भोग्नेलाई मात्रै थाहा छ । सडककै दुरवस्थाका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । भ्रमण वर्ष सुरु हुन अब छ–सात महिना मात्र बाँकी छ, त्यहीबीच बर्खा सुरु हुँदै छ । बर्खायाममा सडक विस्तार प्रभावित हुन्छ नै । भ्रमण वर्षको भविष्य अँध्यारै छ ।
– विजय भट्टराई, भैरहवा, रूपन्देही

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?