बमजनमाथि छानबिन कहिले ?

कान्तिपुर संवाददाता

धर्मको नाममा यौनशोषण र व्यक्तिहत्याको गम्भीर आरोप लागेका रामबहादुर बमजनले फेरि खुलेआम ‘आशीर्वाद’ दिन थालेको समाचार पढ्नुपर्दा दुःख लाग्यो  । माथिल्लो तहसम्मको राजनीतिक पहुँच बनाइसकेका बमजनलाई जोगाउन पूर्वमन्त्रीदेखि पहुँचवाला नेताहरूसम्म लागिरहेका छन्  ।

धर्मको आडमा पैसा असुल्नु र यौनशोषण गर्नु कदापि क्षम्य हुन सक्दैन । पछिल्लो समय प्रहरीले तदारुकता देखाए पनि त्यतिकै सेलायो । ‘ध्यान गर्ने’ बहानामा सुरुवातदेखि नै विवादमा आइरहेका बमजनमाथि गम्भीर छानबिन हुनु जरुरी छ । पीडितहरूले न्याय पाउनैपर्छ ।
– सन्तोष सागर, कीर्तिपुर, काठमाडौं

प्रकाशित : जेष्ठ ६, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्

बाँसको जीर्ण पुलकै भर

बिनु तिम्सिना

विराटनगर — विराटनगरको एक निजी विद्यालयमा कक्षा ५ मा अध्ययनरत मोरङ जहदा गाउँपालिका ४ का विक्रम ठाकुरलाई विद्यालय जान स्थानीय लोहन्द्रा खोला तर्नँपर्छ । खोलामा पुल छैन । गाउँका अगुवा मिलेर खोलामा बाँसको पुल बनाएको पनि वर्षाैं भइसक्यो ।

मोरङ कटहरी गाउँपालिका र जहदा गाउँपालिका जोड्ने लोहन्द्रा खोलाको जीर्ण भइसकेको बाँसको पुल तर्दै स्थानीय । तस्बिर : विनु/कान्तिपुर

अब त त्यो पुल पनि जीर्ण भइसकेको छ । खोलामा लगाइएको बाँसको पुल निकै नै जीर्ण भएर ठाउँठाउँमा भाँचिएको छ ।
दैनिक सयौंको संख्यामा सर्वसाधरण आवतजावत गर्ने कटहरी ४ को फुलटोल मधुराबाट जहदा-४ मा जाने आउने पुल नहुँदा सर्वसाधारण समस्यामा छन् ।

मोटरसाइकल तार्नुपर्दा केही जवानले बोक्नुपर्ने बाध्यता छ भने साइकलमा सामान ल्याउन सर्वसाधारणलाई सास्ती छ । कटहरीको उक्त स्थानका सर्वसाधारण पारिपट्टी तरकारी खेती गर्न दैनिक जाने गर्छन् । पारि जहदाका बालबालिका विराटनगर अध्ययनका लागि दैनिक आउने गर्छन्, तर उनीहरूले जहिल्यै जोखिम मोल्नुपर्छ । लोहन्द्रा खोलामा बाँसको जीर्ण पुलबाट तर्नुपर्दा समस्या रहेको स्थानीय बताउँछन् ।

दैनिक विद्यालय जान यही खोला पार गर्नँपर्छ तर पक्की पुल नहुँदा विद्यालय जाने बेला सधैं डर लागिरहने दिपेन्द्र बताउँछन् । 'स्कुल जान सधैं यो पुल पार गर्नँपर्छ,' उनले भने, 'पुरानो भएर धेरै ठाउँमा भाँच्चिएको छ, हामी हिँडदा यो पुल हल्लिन्छ, त्यसैले धेरै डर लाग्छ पुल तर्न ।'

जहदा ४ कै राघिनी ठाकुरका छोराछोरी पनि विराटनगरकै एक विद्यालयमा अध्ययन गछर्न् । पुल पारिको सडकमा विद्यालयको बस उनीहरूलाई लिन आउँछ । तर पुल नतरुञ्जेल उनलाई छोराछोरीको चिन्ताले सताइरहन्छ । 'विराटनगर पढ्न जान्छन् छोराछोरी बस त लिन आउँछ तर उनीहरूले खोला पार नगरुन्जेल मनमा चिन्ता भइरहन्छ,' उनले भनीन्, 'खोलामा पक्की पुल भए हामीलाइ ढुक्क हुने थियो ।'

मोरङको कटहरी गाउँपालिका ४ र जहदा गाउँपालिका ४ लाई जोड्ने यो खोलामा पुल नहुँदा यहाँका किसानसमेत समस्यामा परेका छन् । खोला पारि जहदा गाउँपालिकामा लगभग ३ सय घरपरिवारको बसोबास छ भने वारि एक सय बढी घरपरिवारको बसोबास छ ।

उनीहरू अधिकांशको पेसा कृषि नै हो । खोलामा पुल नहुँदा आफूले लगाएका तरकारीका बोरा काँधमा बोकेर उनीहरू खोला पार गर्न बाध्य छन् । सरकारले लागू गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत तरकारी जोनमा पर्ने उक्त स्थानमा खेती गर्न, बाली टिप्न वा उत्पादित वस्तु बजारसम्म पुर्‍याएन कमजोर बाँसको पुलबाटै तार्नुपर्दा समस्यामा परेको कृषकहरू बताउँछन् । जहदाका सुकदेव सिंहले १० कठ्ठामा तरकारी खेती गरेका छन् ।

खालामा पुल नहुँदा व्यापारीहरू नआउँदा उनी आफै उब्जनी भएका तरकारी बोकेर विराटनगर आउँछन् । खोलामा पक्की पुल भए यहाँका कृषकहरूलाई आफ्नो उत्पादन बजारसम्म लैजान सहज हुने उनले बताए । '१० कठ्ठामा तरकारी लगाएको छु, दैनिक बेच्नका लागि विराटनगर लैजान्छु,' उनले भने, 'खोलामा पुल छैन त्यसैले व्यापारी लिन आउँदैनन्, म आफैं काँधमा बोकेर खोला पार गर्छु ।'

जहदाकाका धर्मेन्द्रकुमार सिंह ३ दिनअघि उद्योगमा काम गर्न जाने क्रममा खोलाको पुलबाट र्झन पुगे । सोही ठाउँबाट जाँदा जोखिम मोल्नुपर्ने अर्काेबाटो बाटो नजाँदा १ घण्टा बढी समय लाग्ने भएको कारण उनीले त्यस ठाउँबाटै जाने प्रयास गरेका थिए । जसका कारण उनी पुलबाट मोटरसाइकलसहित झरेर सख्त घाइते भएका छन् । माथिल्लो निकायमा भन्दा पनि योजना नपरेको स्थानीयको गुनासो छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ ११:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT