सहयोगको अपिल
काभ्रेपलाञ्चोक जिल्ला पनौती नपा वडा नं. १२ निवासी म २१ वर्षीय सरोज तामाङको दुवै मृगौलाले काम गर्न छोडेको हुँदा बयोधा अस्पताल बल्खुमा हेमोडाइलासिस गरिरहेको छु । डाक्टरको सल्लाहअनुसार जतिसक्दो छिटो मृगौला प्रत्यारोपण गर्नुपर्छ ।
मेरो घरको आर्थिक अवस्था अत्यन्त कमजोर छ । आजसम्मको उपचारमा जो भएको सम्पत्ति सबै सकिइसक्यो । अब कसैको सहयोगविना थप उपचार गर्न असमर्थ छु । तसर्थ देश–विदेशमा रहनुभएका सहयोगी व्यक्ति तथा संघ–संस्थासँग सहयोगको अपेक्षा गरेको छु । मलाई सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्थाले राष्ट्रिय बाणिज्य बैंकको बनेपा शाखामा रहेको खाता नं. १८१०००५३१६१० मा आफूले सकेको रकम जम्मा गरी सहयोग गरिदिनु हुन अनुरोध गर्छु । साथै ९८१०३३९४४० मा सम्पर्क गरी थप जानकारी लिन सकिनेछ ।
प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५१प्रतिक्रिया