१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सांसदलाई कार्टुनको झटारो

सोमबार मुखपृष्ठमा छापिएको कार्टुन हेरेपछि केही टिप्पणी लेख्न मन लाग्यो  । अहिलेको व्यवस्थापिका अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले प्रत्यक्ष निर्वाचित भए पनि वा समानुपातिक निर्वाचित भए पनि समान भागबन्डामा १० करोड रुपैयाँ मागेका छन्  ।

प्रतिसांसद बजेट विनियोजन गर्नुपर्ने भनेर दैनिक रूपमा उठाइरहेको मागप्रति गरिएको व्यङ्ग्यस्वरुप सांसदहरूका लागि कार्टुनले गतिलो झटारो हानेको छ । कार्टुनमा मुखभन्दा भुँडी ठूलो भइसकेको र मुखलाई मात्र नपुगेर भुँडीले आँ...गरिरहेको देख्दा जोकोहीलाई यो व्यङ्ग्य बुझ्न गाह्रो हुँदैन । हजार शब्दभन्दा एउटा तस्बीरको सन्देश बढी हुन्छ भन्ने भनाइ चरितार्थ भएको छ । विगत वर्षहरूमा सांसद विकास कोषको रकम दुरुपयोग भएको, कार्यकर्ता पोस्न प्रयोग भएको, पार्टी कार्यकर्ताको नाममा उपभोक्ता समिति बनाएर कामलाई भन्दा पनि कार्यकर्तालाई प्राथमिकता बढी दिएको देखियो । सरकारी मापदण्ड अवलम्बन गरेर विकास निर्माणको गुणस्तरीयता कायम गर्नुभन्दा पनि झारा टार्ने अपारदर्शी काम भएको जनगुनासो प्रशस्त सुनिएको हो । जनताका नजरबाट आउने गुनासालाई आँखा चिम्लेर सांसदहरूको माग बमोजिमको रकम बढाउँदै जाने हो भने भविष्यमा यसले अर्थतन्त्र चौपट हुनेछ ।
– नोदनाथ त्रिताल र कुवेर राई, कीर्तिपुर

प्रकाशित : जेष्ठ ८, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?