भारतीय चुनावमा हाम्रो चासो

जेठ ९ गते भारतमा आगामी ५ वर्ष कसले शासन गर्छ भन्ने कुरा प्रस्ट हुनेछ  । झन्डै डेढ महिना लगाएर ७ चरणमा गरिएको लोकसभाको चुनावी नतिजाले पुरै सार्क मुलुकमा तरंग ल्याउनेछ  ।

भारतीय जनता पार्टीले चुनाव जितेमा पाकिस्तानसंँगको सम्बन्ध थप तनावपूर्ण हुने विश्लेषण गरिएको छ । ‘एक्जिट पोल’हरूले देखाएझैं पुनः एनडीए गठबन्धनको सरकार बन्यो भने त्यसको नेतृत्व वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले नै गर्ने प्रायः निश्चित छ । यस्ता सर्वेक्षण सधैं सही हुन्छन् भन्ने हुँदैन । हालै अष्टेलियामा भएको चुनावको मत सर्वेक्षण गलत ठहर्न पुग्यो । भारतका विपक्षी पार्टीले पनि सर्वेक्षण गलत रहेको बताउँदै आएका छन् । स्वतन्त्र विश्लेषकहरूका अनुसार भाजपा सबैभन्दा ठूलो पार्टी हुने र सामान्य बहुमत पाउन सक्ने बताइएको छ ।


मोदी सरकारले लिएको नोटबन्दी, जीएसटीले निर्वाचनमा खासै असर नपारेको बताइएको छ । तैपनि नतिजा प्रतीक्षा गर्नु नै बुद्धिमानी हुनेछ । भाजपा बलियो छ भनेर जान्दाजान्दै पनि विपक्षी पार्टीहरू एक भई मिलेर चुनाव नलड्नुले नरेन्द्र मोदीलाई ठूलो फाइदा पुगेको देखिन्छ । उत्तर प्रदेशमा बसपा, समाजवादी र कंग्रेस आई अनि पश्चिम बंगालमा ममता वनर्जीको तृणमूल काग्रेस र कंग्रेस आई मिलेर चुनाव लडेको भए नतिजा अलि फरक हुनसक्थ्यो । एक्लाएक्लै लडेकोले भाजपालाई फाइदा पुग्ने निश्चित छ । कुन पार्टीले कति सिट जित्छ भन्ने कुरा महत्त्वपूर्ण रहे पनि व्यक्ति विशेषको कारण केही निर्वाचन क्षेत्रप्रति पनि आम अभिरुचि छ । राहुल गान्धी र स्मृति इरानी, जया प्रदा र आजम खान, वेगुसरायमा कन्हैया कुमार र मन्त्री गिरिराज सिंह, भोपालमा दिग्विजय सिंह र साध्वी प्राज्ञा ठाकुरको साथै शत्रुध्न सिन्हा, सन्नी देओल आदिको जित–हार पनि प्रतीक्षाका विषय बनेका छन् ।
– गोपाल देवकोटा, गोकर्णेश्वर– ८, जोरपाटी

प्रकाशित : जेष्ठ ९, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?