खण्डन

२०७६ जेठ ६ गते प्रकाशित ‘कर्णालीका ताल साँघुरिए’ शीर्षक समाचारप्रति हामी फोक्सुण्डो बासीको ध्यानाकर्षण भएको छ  । उक्त समाचारमा फोक्सुण्डो तालकै नाम बिगारेर शे–फोक्सुण्डो लेखिएकोमा खेद व्यक्त गर्छौं  ।

त्यस्तै समाचारमा तालमा दिसा–पिसाब गर्छन्, फोहोरको डंगुरले पर्यटक तर्सिन्छन् भन्ने वाक्यांश गलत र हामी फोक्सुण्डो बासीको वदनाम गर्ने मात्र नभई फोक्सुण्डो जस्तो स्वच्छ, सुन्दर, निर्मल तालको देश विदेशमा समेत बदनाम गरेकाले उक्त समाचारको खण्डन गर्छौं ।
– निमा लामा, वडा अध्यक्ष, शे फोक्सुण्डो गाउँपालिका, वडा नं. ८, डोल्पा

प्रकाशित : जेष्ठ ९, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?