कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँधेजस्तो पनि, फुकाजस्तो पनि

जेठ ८ गते कान्तिपुर दैनिकमा सीके लालको ‘नयाँ शृंखलाको थालनी’ पढ्न पाउँदा खुसी लाग्यो  । उनको लेख बुझ्न अलि जटिल भए पनि उनले सञ्चार विधेयक र दासढुंगाको मुद्दा उठाएका छन्  ।

सञ्चार विधेयकलाई उनले पहिले नै सरकारसामु लम्पसार परेका सञ्चारकर्मीहरूलाई तर्साएर आफूविरुद्ध नलेख्ने बनाउन खोजेको उल्लेख गरेका छन् । यो सत्य हो । अधिकांश मिडियाले यसै पनि सरकारको भजन गाइरहेका छन् । तिनलाई बाँधिरहने आवश्यकता छैन । यो अधिनायकवादी प्रवृत्ति हो । बाँधिरहनु र पटक–पटक बन्धन खुकुलो पारी हर्षबढाइँ पनि गरिरहनु अधिनायकवादी चरित्र हो । दासढुंगाको सवालमा पनि लेखक प्रस्ट छन् । उनको अवसानको बेलादेखि आजसम्म ओली पार्टी र देशका सर्वेसर्वा छन् । मदन भण्डारीकी पत्नी राष्ट्रको सर्वोच्च पदमा छिन् । तापनि उनको अपराधी पत्ता नलाग्ने किन ? जनताले यो पचाउनसकेको छैन । लेखकले यसबारे प्रधानमन्त्री अनिच्छुक छन् भने पनि छोड्नु हुँदैन र निरन्तरता दिनुपर्छ भनी जनतालाई आह्वान गरेका छन् ।
यो सही हो ।
– डा. शिवशंकर यादव, छपकैया, वीगन्ज

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?