कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुष्पकमलको चञ्चलेपन

आफू केही सेलाए जस्तो लागेमा मिडियामा आउने बाटो खोजिहाल्ने पुष्पकमल दाहालले पुनः एकपटक राजनीतिको बजार राम्रैसँग तताएका छन्  ।

पुष्पकमलको चञ्चलेपन

उनले पार्टी एकताका बेला भएको सहमतिलाई पालना नगरे कोही पनि नटिक्ने भनेर धम्कीपूर्ण अभिव्यक्ति के दिएका थिए, उता प्रधानमन्त्री एवं उनका सहयात्री ओलीको मुटुमा ढ्याङ्ग्रो बज्न थालिहाल्यो ।


मोदीको सपथ ग्रहणमा सहभागी हुन जुन उत्साहका साथ उनी भारत पुगेका थिए, दाहालले सहमतिको कुरा उप्काइदिएपछि उनी एकाएक शून्यमा झरेझैं भए । ‘शून्यमा शून्यसरी बिलाएँ’ भनेझैँ गरी उनले पत्रकारलाई पनि आफ्नो एक वर्षको समयावधि छोट्याएर चार–पाँच दिनमा खुम्च्याइदिए । यो उनको दाहालप्रतिको आक्रोश पनि हो ।


सहमति भएकै थियो, उक्त सहमतिप्रति ओली सचेत नै थिए भने बेलै नभई प्रचण्डले यो कुरा उप्काउनुपर्ने आवश्यकता थिएन । यसबाट पनि थाहा हुन्छ, दाहाललाई आफू प्रधानमन्त्री हुनबाट वञ्चित हुन्छु कि भन्ने ठूलो चिन्ता छ । त्यसैले उनी बेलाबेला सहमतिका कुरा झिकेर ओलीलाई चेतावनी दिइरहन्छन् । देशलाई डोर्‍याइरहेका व्यक्तिहरूमा अझै पनि पदप्रति यति लुब्धता देखिनुले प्रस्ट पार्छ— जनताले अब यिनीहरूबाट कुनै आशा नराखे हुन्छ । ओली–दाहाल एकता देश निर्माण र जनअपेक्षा अनुरूपभन्दा पनि उनीहरूकै स्वार्थपूर्तिका लागि भएको गाँठी कुरो आलोपालो सरकारको नेतृत्व गर्ने सहमति र त्यसैमा भएको हानथापले छर्लंग्याएको छ । ओलीको कार्यशैलीबाट असन्तुष्ट आम नेपालीले पनि सरकारको नेतृत्व परिवर्तन चाहेकै महसुस भइरहेको छ, तर पात्रमात्रै परिवर्तन भएर के गर्नु, ‘जुन जोगी आए पनि कानै चिरेको’ हुने भएपछि ? ठ्याक्कै सहमतिमै भए अनुसार होला–नहोला, तर अब आउने चुनावभन्दा अगाडि दाहाल पक्कै पनि प्रधानमन्त्री बन्नेछन् । आफ्नो पारिवारिक अवस्थाले उनलाई अब सबै गतिविधिबाट हात झिकेर अवकाशको जीवन बिताउ भनेजस्तो देखिन्छ । तर चञ्चलेपनले त्यसरी बस्न दिँदैन र त उनी प्रधानमन्त्री बन्ने दिन गनेर बसेका छन् । योभन्दा दुर्भाग्यपूर्ण अर्को कुन कुरा हुनसक्ला ?
– सुजन देवकोटा, पालुङटार– ४, गोरखा

प्रकाशित : जेष्ठ २०, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?