२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मेयरको शासन !

जनप्रतिनिधिको यति ठूलो घमन्ड पहिलोपटक सुनियो  । इटहरीका मेयर द्वारिकालाल चौधरीलाई नेकपाको कार्यकर्ता भएकै आडमा यत्रो आत्मबल कसरी बढ्यो ? एउटा पत्रकारले फेसबुकमा स्टाटस लेखेकै आधारमा उनको र पत्रकारको बीचमा मनबुटाब सुरु भएको देखिन्छ  ।

पत्रकारको पनि कमी–कमजोरी होलान्, तर मेयरको तरिका ठिक होइन । एउटा जनप्रतिनिधिले सार्वजनिक रूपमा दिएका अभिव्यक्ति नेपालको संविधान र कानुन विपरीत छन् । उनले खुलेआम भनेका छन्, ‘म नेकपाको कार्यकर्ता हुँ, पार्टीले मलाई केही गर्न सक्दैन ।’ पहिलो, जनप्रतिनिधि भइसकेपछि आफूलाई कुनै पार्टी कार्यकर्ता ठान्नु नै गलत हो ।


नेपालमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्नहरूले राजनीतिक आडमै उन्मुक्ति पाउने गरेको पृष्ठभूमिमा मेयर चौधरीको अभिव्यक्तिले झस्काएको छ । यसले अपराध गर्नेहरूको आत्मबल बढाउँछ । आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई पार्टीले कस्तो कारबाही गर्छ, हेर्न बाँकी छ । यस्ता जनप्रतिनिधिलाई पनि सरकारले कारबाही गरेन र पदमा राखिराख्यो भने यो देशमा सिधासाधा जनताले सहजै बाँच्ने अधिकार गुमाउँदै जानेछन् । सरकार निरंकुशतातिर अगाडि बढ्दै गएको प्रमाणित हुनेछ ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : जेष्ठ २४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?