२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

स्थानीयले हटाए जलकुम्भी

दुई दशक अघिसम्म भक्तपुरका सबैजसो पोखरी जलकुम्भी झारले भरिएका हुन्थे  । विनाशको संघारमा पुगिसकेका थिए  ।

सिद्धपोखरी पुरै जलकुम्भीले भरिएको थियो । केही जागरुक युवाको सक्रिय सहभागिता र भक्तपुर नगरपालिकाको निरन्तर प्रयासले स्थानीय पोखरीहरूले पुनःजीवन पाएका हुन् । अहिले पनि भक्तपुरमा पोखरीहरूलाई पुनर्जीवन दिने क्रमम भजु पुखु पुनर्निर्माण कार्य हुँदैछ भने ऐतिहासिक रानीपोखरीमा भएका झार हटाउने काम भइरहेको छ । भक्तपुरले भोगेको जलकुम्भी झार आतंकबाट निकास पाए जस्तै चितवनका जंगलमा रहेका साना–ठूला पोखरी तथा सिमसारहरू छोपेर उम्रिएका जलकुम्वी झार हटाउने कार्य अविलम्ब स्थानीय जागरुक युवाहरू तथा सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूले सुरु गरेमा चितवनका हात्ती, गैंडाजस्ता जनावरहरूलाई मात्र राम्रो हुने होइन, चितवनको समग्र पर्यटन क्षेत्रलाई टेवा पुग्छ ।
– वीरेन्द्र सुवाल, व्यासी–२, महाकालीस्थान, भक्तपुर

प्रकाशित : जेष्ठ ३०, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?