१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सडकपेटी नहुँदा

शनिबार प्रकाशित ‘सहरका सडक, बटुवालाई छैन बाटो’मा साँघुरा सडक अनि बाक्ला बस्ती र त्यहाँ बस्नेहरूले व्यहोर्नुपरेको दुःखका कथा छन्  । अस्तव्यस्त जनजीवनको भोगाइ छ  ।

साँघुरा सडक र गल्लीहरूले गर्दा पैदल यात्रीहरूलाई हिँड्न निकै कठिनाइ भइरहेको छ । राजधानी सहरको त बयान गरी साध्य छैन । सरकारी जागिरे लगायत यहाँ भित्रने हरेकको अन्तिम इच्छा भनेको काठमाडौंमा घडेरी किन्ने र घर बनाउने भएकाले बस्ती नै अव्यवस्थित छ । सडक दुर्घटना बढेका बढ्यै छ । काठमाडौंका जति पनि सडक छन्, ती सबैमा न पैदल यात्रु, न अपाङ्ग, बालबालिका, वृद्धवृद्धाका लागि सहज छ । सहरका घना बस्तीका साँघुरा सडक पेटीमा पैदल यात्रुका लागि सहजता र गाडी दुर्घटनालाई न्युनीकरण गर्न सरकारले २० वर्षभन्दा पहिलाका मापदण्ड विपरीतका सवारी साधनहरू चलाउन प्रतिबन्ध लगाउनुपर्छ । चालक र सहचालकहरूलाई नैतिकता र इमानदारिताको पाठ सिकाउनुपर्छ ।
– खिमराज गिरी, लमजुङ

प्रकाशित : जेष्ठ ३०, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?