१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सडकै बेचिने मुलुक

‘सुरक्षा गार्डले बनाउँछन् लालपुर्जा’ भनी कान्तिपुरले काभ्रे मालपोत बारेको समाचार प्रकाशित गरेको पढियो  ।

जब बुधबार कान्तिपुरले सुरक्षागार्डले लालपुर्जा बनाउने र कार्यालय सहयोगीले मोठ भिडाउने, रोक्का छ/छैन खुलाई सनाखत गर्ने कार्य गर्ने बाहिरियाहरूको पहुँच र बोल प्रत्येक फाइल कम्प्युटर ढड्डा हुँदै माथिल्लो तहसम्म घुम्ने गरेको समाचार पढेपछि कालोपत्रे सडकको जग्गा पटक–पटक कसरी बिक्री भएछ भन्ने बुझ्न कठिन परेन । मालपोत, नापी, भूमिसुधारमा आम जनताका नामसारी, जग्गा खरिद–बिक्री, रोक्का फुकुवा लगायतका काम दिनहुँ हुन्छन् । भीडभाड हुने भएकाले को रजिष्टर्ड सरकारी कर्मचारी हो र को लेखापढी गर्ने वा बिचौलिया हुन् भनी ठम्याउन कठिन हुन्छ । लेखापढीका कर्मचारी वा बिचौलिया प्रयोग नगरी त्यहाँ कुनै काम हुँदैनन् । कोही त्यहाँ काम लिएर जानुभन्दा पहिले कुन लेखापढी सेन्टरले प्रभावकारी तरिकाले छिटोछरितो काम गराइदेला भन्ने चिन्ता आम सेवाग्राहीमा हुने गरेको पाइन्छ ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : जेष्ठ ३०, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?