१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सामाजिक सञ्जाल कति सामाजिक ?

ट्विटर कति सामाजिक छ त ? ट्विटर एक माइक्रो ब्लगिङ साइट हो, जसमा तपाईंले विचार पढ्न मन लाग्ने अकाउन्टहरू फलो गर्नुहुन्छ र तपाईंको विचार पढ्न मन लाग्नेहरूले तपाईंलाई फलो गर्छन्  ।

सामाजिक सञ्जाल कति सामाजिक ?

आफूले फलो गरेको अकाउन्टबाट भएका ट्विटहरू रियल टाइममा अर्थात त्यतिबेला नै तपाईंले आफ्नो टाइम लाइनमा देख्न सक्नुहुन्छ । त्यसलाई रिट्विट, लाइक र रिप्लाइ गर्न सकिन्छ । रियल टाइम अन्तरक्रिया हुने भएकाले पनि केही समययता युवा पुस्तामाझ ट्विटर लोकप्रिय हुँदै गइरहेको छ । ठूला सेलिब्रेटी तथा पब्लिक फिगरहरूलाई फलो गर्नेहरू एकदमै ज्यादा हुन्छन् ।


नेता, कलाकार, गायक, खेलाडीहरूको अकाउन्टमा धेरै फलोवर देख्न सकिन्छ । उनीहरू छिटफुट कुनै–कुनै आवश्यक कुरामा कहिलेकाहीं ट्विट गर्छन् । अर्कोतर्फ प्रायःजसो ट्विटरमा नै भेटिने केही जमात पनि हुन्छ । उनीहरू ट्विट गरिरहन्छन् । भेनेजुएला मामिलादेखि सिरिया आक्रमणसम्म, प्रिमियर लिगदेखि आईपीएलसम्म, चन्द्रमादेखि अन्टारटिकासम्म उनीहरूले नजानेको केही हुँदैन । बेला–बेला लाग्छ, उनीहरू हिँडडुल गर्ने गुगल हुन् ।जीवन र जगतबारे यसरी बहस हुने भएपछि स्वतः केही कलह पनि हुने नै भयो । यस्तो अवस्थामा परिचय प्रयोग नगरिएका अकाउन्टबाट व्यक्तिगत गालीगलौज र अपमानपूर्ण शब्दहरूको प्रयोग गर्ने स्तरसम्म पुग्छन्, टुइटेहरू । यसले सामाजिक सद्भाव भड्काउने मात्र नभई मानिसलाई कुनै विषयप्रति धारणा बनाउन नकारात्मक प्रभाव पनि पर्छ । आफ्नो परिचय प्रयोग नगरिएका अनि समाजमा द्वेष तथा घृणा फैलाउने फेक तथा हुँडार अकाउन्टहरूलाई नियमन गर्न आवश्यक छ । ट्विटर मुख्यालयसँग सहकार्य गरेर नेपालबाट ट्विटर अकाउन्ट लग इन गर्दाचाहिँ नागरिकताको फोटोकपी पनि पेस गर्ने व्यवस्था गर्नसके यो स्थितिमा नियन्त्रण गर्न सहज हुन्छ । अन्यथा यी सञ्जालहरू विस्तारै असामाजिक बन्दै गएर राज्यका मूल मर्ममाथि नै आक्रमण गर्न नपुग्लान् भन्न सकिन्न ।
– युजिर शर्मा, ताप्लेजुङ

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?