२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पहिले लोकतन्त्र

प्रधानमन्त्री ओली राष्ट्र र जनताभन्दा आफू कसरी बलियो बन्न सकिन्छ भन्नेतिर लागेका देखिन्छन्  । सरकार हरेक संवैधानिक अंगलाई कमजोर बनाउन तल्लिन छ  ।

मानव अधिकार आयोग, लोकसेवा आयोग लगायतलाई कमजोर पारे सरकारचाहिँ कसरी बलियै रहला ? सरकार, संवैधानिक अंगहरू संविधानकै दायरामा रहेर अघि बढ्नुपर्छ । दुई तिहाइको दम्भ गरेर निरंकुश हुने प्रयास गर्दा लोकतन्त्र नै खतरामा पर्न सक्छ । जनमतको कदर गर्न जाने लोकतन्त्र सबल हुँदै जान्छ । सरकार चाहिँ जनमतको कदरभन्दा पनि सनकका भरमा चलिरहेको छ । आधारभूत आवश्यकताका विषयलाई छुनु छैन, विधेयकमाथि विधेयक ल्याउन हौसियो । गम्भीर सोचविचार नगरी, हचुवाको भरमा ल्याउन लागिएकाले नै ती विधेयकका विषयमा सरकार आलोचित बन्नुपर्‍यो । आखिर, पहिले भन्दै आए जस्तो बहुमत नभएर कुनै पनि सरकारले देश विकासको काम गर्न नसकेको त होइन रहेछ ! नत्र यो नेकपा सरकारले यतिन्जेल धेरै काम गरिसक्नुपर्ने थियो ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : असार ९, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?