कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

केटा र केटी आआफ्नै ठाउँमा

‘केटाले जस्तै केटीले गर्न किन नहुने ?’ लेखमा म अलि सहमत हुन सकिन  । पुरुषहरूले गर्दै आएकै कामकारबाही महिलाहरूले गर्नु आवश्यक छैन  ।

जति पनि महिला सम्बन्धी घटनाहरू घटेका छन्, गलत संस्कार र संस्कृतिको सिको गरेरै भएका हुन् । संस्कृति सुहाउँदो पोसाकमा आफ्नो बाटो हिँडे कसले कसलाई छुने वा जिस्क्याउने हिम्मत गर्छ र ? बस्ने नेपालमा, संस्कृति अवलम्बन गर्ने पश्चिमको ! अझ मन मिलुन्जेल लिभिङ टुगेदर, नमिले बलात्कारको आरोप ! यो कहाँसम्मको न्याय हो ? जन्मघरबाट कर्मघर वा भनौँ पतिको घरमा गएदेखि नै महिलाको शासन सुरु हुन्छ ।


लेखकले उठाएको घटनाप्रति म संवेदनशील छु । यस्ता प्रतिनिधि नभएका होइनन् । तर सबैलाई एउटै तराजुमा राखेर तौलिनचाहिँ नमिल्ला । महिलाहरू पहिलाको तुलनामा धेरै सचेत र सक्षम छन् । उनीहरूको उन्नयनका लागि सबैको सहयोग त्यतिकै अपरिहार्य हुन्छ । तर महिला अधिकारका नाममा सार्वजनिक बसमा आरक्षण सिट सङ्ख्या तोकिदिँदा चार महिलाले मात्र बस्न पाउने भए । अरू सिटमा अरूहरूकै बर्चस्व भयो । पहिला–पहिला गर्भवती, ज्येष्ठ नागरिक वा महिला देख्ने बित्तिकै सिट छोडिदिन्थे, अरू यात्रुले । अचेल अन्कनाउने गर्छन् ।
– लक्ष्मण प्रधान, मीनभवन, काठमाडौँ

प्रकाशित : असार ९, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?