१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कौशी खेती गरौं

केही वर्षअघि एकजना बच्चा बिरामी परे  । बिरामी विषादीजन्य खानेकुराले हो भनी डाक्टरले भनेपछि म झस्केँ  ।

अनि मेरो सानो बच्चालाई पनि विषादीयुक्त तरकारी र खानेकुरा नखुवाउने अठोट गरेँ । र कौशी खेती सुरु गरेँ । माछा ल्याउने क्रेटमा माटो हालेर घरबाट निस्किएको फोहोर कुहाएर कौशी खेतीमा प्रयोग गर्दा एक त फोहोर व्यवस्थापनको समस्या भएन, अर्को ताजा र विषादीरहित सब्जी खान पाइयो । शतप्रतिशत मौसमी तरकारी उत्पादन गर्न नसके पनि करिब ६० प्रतिशत राम्रैगरी सकिँदो रहेछ । यसरी जग्गा हुनेले जग्गामा, छत हुनेले छतमा नै खेती सुरु गरे विषादीले पोतिएर आएको सब्जीको माग पनि कम हुन्थ्यो होला ।
– एलिजा दाहाल, विराटनगर

प्रकाशित : असार २५, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?