घाम जाला बरु, जाम खुल्दैन

कान्तिपुर संवाददाता

दैनिक कार्यालय आउ–जाउ गर्दा अरनिको राजमार्गको कोटेश्वर र जडिबुटीमा घन्टौं जाममा पर्नु नियति नै बनेको छ–भक्तपुरबासीका लागि  । मनोहरा पुल अगाडिको जामले छिचोल्दा कहिले त कार्यालय नगई घरै फर्किए ’नि हुन्छ  ।

छोटो समयमा सजिलै छिचोल्न सकिने लोकन्थली–मनोहरा पुलको यो सडक केही दिनयता एकतर्फी बनाएर भक्तपुर तर्फबाट आउने सवारीहरूलाई अरनिको राजमार्गको मूल जामको भंँगालोमै झोँसिदिने काम गरिएको छ । जामले गर्दा बिहान कार्यालय समयमा १/२ घन्टा केही सास्ती खेप्नुपरेका केही व्यवसायी (पेट्रोल पम्प, मोटर वर्कसप र हार्डवेयर पसल) को सहुलियतका लागि हजारौं जनताले प्रयोग गर्दै आइरहेको यो सडक बन्द गर्ने ट्राफिक व्यवस्थापनको अप्रिय निर्णयले जाम सुल्झाउनुभन्दा झन् सास्ती थप्ने काम गरेको छ । लोकन्थली–मनोहरा पुल खण्डमा मात्र एकतर्फी व्यवस्था लागू गर्ने आवश्यकता किन पर्‍यो ? केही व्यापारीको व्यापार वृद्धिका लागि यसो गर्नु दुःखद हो ।
– प्रफुल्ल शर्मा, भक्तपुर

प्रकाशित : असार २७, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

काम नगर्ने, कर मात्र उठाउने

कान्तिपुर संवाददाता

गणतन्त्र भनेको नेताहरूलाई कमाइ खाने भाँडोमात्र भयो  । विकास हुन सकेन  ।

जसरी भए पनि जति खर्च गरेर भए पनि चुनाव जित्नैपर्ने र त्यसका लागि व्यापारीहरूसँग सम्झौता गर्न नेतृत्व लिन चाहनेहरू लालायित बने । निर्वाचन जितेपछि जनसेवा होइन, भ्रष्ट व्यापारीको काम गर्दैमा हाम्रा जनप्रतिनिधिहरूलाई फुर्सद छैन । वर्षौंदेखि भत्किएका सडक बन्नसकेका छैनन् । वर्षा लाग्यो, हिलोले हिँड्न सकिँदैन । हिउँद लाग्यो, धुलो उडेर बसिसाध्य हुँदैन । राजधानीको अवस्था त कहालीलाग्दो छ भने गाउँघरतिरको अवस्था कस्तो होला ? नगरपालिका करमाथि कर थोपर्छ, काम भने सिन्को भाँच्दैन । सर्वसाधारणसित करमात्र ठटाउने नगरपालिका के काम ? काम नगर्ने कर उठाउने कार्यालय आम नागरिकका बोझ हुन् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : असार २७, २०७६ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्