मेलम्चीमा अझै पहिरो

कान्तिपुर संवाददाता

मेलम्चीमा पहिरो जानथालेको शाही शासन कालदेखि नै रहेछ  । ४६ करोडको ठेक्कामा ९६ करोड दिलाएको निहुँमा कारबाही सिलसिला चलेकै रहेछ  ।

इटालियन कम्पनीले निर्माणबाट हात झिकेर हिँडेपछि मेलम्ची फेरि अन्योलग्रस्त बन्न पुग्यो । अहिले पहिलो पक्षले सीएमसीलाई धरापमा पार्दै ठेक्का तोडाएर भगाउन सफल भयो । दोस्रो पक्षले माथिल्लो निकायलाई दिग्भ्रमित पार्न र स्वार्थमा खेलाउन र झुक्याउन सफल भयो । तेस्रो पक्षले बाँकी न्यून प्रतिशत काम पनि दस भाग लगाएर स्थानीय ठेकेदारबाट गराउन सफल भयो । तर अझै धेरै लुकेका पक्ष छन्, जसले हम्मर चलाएर ठूला लिकेजलाई टाल्न समयमै सकिएन भने, त्यही लिकेजले बाढीको रूप लिएर अझै मेलम्चीमा भयानक पहिरो जान्छ भन्ने आशयको लेख सान्दर्भिक छ ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : असार २७, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

आजीवन कुर्सी

कान्तिपुर संवाददाता

प्रधानमन्त्री हुने शैक्षिक योग्यता कति ? संसारमा कुनै मापदण्ड छैन  । चरित्रवान, इमानदार, जनताप्रति उत्तरदायी, उदार तथा सहिष्णुता नै प्रधानमन्त्रीमा हुनुपर्ने योग्यता हो भन्ने विश्वव्यापी मान्यता छ  ।

सभ्य र विकसित देशमा आफ्नो मिसन कार्यान्वयन नहुने बित्तिकै प्रधानमन्त्रीले पदबाट राजीनामा दिने चलन छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले नैतिकताको आधारमा राजीनामा दिएको धेरै भएको छैन । हामीकहाँ भने प्रधानमन्त्रीहरूले नैतिकता दर्शाएको पाइँदैन । पञ्चायतकालदेखि अहिलेसम्म पदमा टाँसिइरहने लालसा प्रधानमन्त्रीहरूमा देखिएको छ । प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसीन व्यक्तिले के बोल्ने, के नबोल्ने थाहा नहुनु दुःखको विषय हो ।
–ज्यो. रत्ननिधि रेग्मी 'शुक्राचार्य', काठमाडौँ

प्रकाशित : असार २७, २०७६ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्