कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पाठक पल्किने पुस्तकालय

पुस्तकालय सभ्यताको ढुकढुकी र ज्ञान/विज्ञानको मानक हो  । चाहे जस्तो, सोचे जस्तो सर्वसुलभ र सुगम छैन पुस्तकालय तथापि यसको विकास र विस्तार हुनु जरुरी छ  ।

सार्वजनिक पुस्तकालयहरू काठमाडौं केन्द्रित मात्र हुनु भएन । पोखरा, विराटनगर, भरतपुर, वीरगन्ज, जनकपुर, नेपालगन्ज, धरान, इटहरी, दाङ, भैरहवा, धनगढी लगायत अधिक जनचाप भएका ठाउँमा व्यवस्थित पुस्तकालय आवश्यक छ । पोखरा, महेन्द्रपुलस्थित सार्वजनिक पुस्तकालय साँघुरो छ । पाठकका लागि सुगम छैन । विदाको दिन बाहेक १२ बजेतिर पुस्तकालय खुल्ने गर्छ । आफूले चाहेको पत्रपत्रिका पढ्नुपरे तोकिएको न्यूनतम शुल्क तिरेर पढ्न पाइन्छ । काठमाडौंमा करिब ५५ करोडको लागतमा ६ तले र ३ तले २ वटा पुस्तकालय भवन आठ रोपनी क्षेत्रफलमा बन्ने सरकारी योजना सफल होस् । नेपाली कला, संस्कृति झल्किने र पाठक पनि पल्किने पुस्तकालय बनोस् । ५५ करोडमा ३० करोडजति खर्च गरेर बाँकी भ्रष्टाचार गर्न सिपालुहरूले पाचनक्रिया सबल बनाएर राखिसकेका होलान् ।
– शेषराज भट्टराई, फूलबारी–११, पोखरा, कास्की

प्रकाशित : असार २८, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?