कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कस्तो होला हाम्रो भविष्य ?

हामीलाई भविष्य कस्तो होला भन्ने खुलदुली लागिरहन्छ  । एकछिन सोच्नुस् त सन् २०५० को संसार कस्तो हुन्छ होला ? अन्तरिक्ष विज्ञान तथा प्रविधि जगतमा सोच्नै नसकिने विकास होला  ।

त्यो विकासलाई साथ दिनुपर्ने पृथ्वी कति परिवर्तित होला ? अहिलेकै अवस्थालाई मान्ने हो भने विश्वव्यापी तापक्रम लगभग २ डिग्री सेल्सियसले बढ्ने अनुमान छ । यो तापक्रम तपाई–हामीले सोचेजस्तो सामान्य छैन । १९ औं शताब्दीदेखि अहिलेसम्म लगभग १ डिग्रीभन्दा बढी तापक्रम बढेको छ । यसको असर भोग्दैछौं ।
गर्मीमा ज्यादै गर्मी र जाडोमा ज्यादै जाडो बढ्न सक्छ । सबैतिर समान तापक्रम हुँदैन । पृथ्वीको मौसम एकदमै चलायमान छ । सन् २०५० ताका काठमाडौंको तापक्रम अहिलेको भन्दा लगभग १.७ डिग्री बढ्नेछ । अहिलेको चीनको सेन्जेन सहरजस्तो हुने अनुमान छ, जसको गर्मी महिनाको अहिलेको सरदर तापक्रम २५–३२ डिग्री सेल्सियस हुन्छ । २०५० को लन्डनको तापक्रम अहिलेको बार्सिलोनाको जस्तो हुनेछ । दिल्लीमा ३.५ डिग्री तापक्रम बढ्नेछ ।
सिंगापुर, जकार्ता, क्वालालम्पुर लगायत लगभग संसारका १०४ सहरले हालसम्म कुनै सहरमा थाहा नभएको मौसमको सामना गर्नु पर्नेछ । अत्यधिक बाढी, सुख्खा लगायत मौसम
सम्बन्धी समस्या निम्तिनेछ । केही समयअघि प्रकाशित क्रौउथर ल्याबको जलवायु परिवर्तन सम्बन्धी अध्ययन प्रतिवेदनले सम्भावित क्षति रोक्न खर्बौं बोटबिरुवा रोप्नुपर्ने निष्कर्ष निकालेको छ ।
– सौगात बोलखे, कुशादेवी, काभ्रे

प्रकाशित : असार २८, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?