राष्ट्रिय परिचयपत्रमै त्रुटि

पाँचथर जिल्ला प्रशासन कार्यालयले वितरण गरेको राष्ट्रिय परिचयपत्रमा त्रुटि नै त्रुटि पाइयो  । राष्ट्रिय परिचयपत्र जस्तो अति संवेदनशील विषयमा गल्ती हुनुहुँदैन थियो  ।

भयो, अब गल्ती सच्याउने र गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्छ । कुनै पनि संवेदनशील कागजात जारी गर्नुभन्दा पहिले त्यसको शुद्धाशुद्धि हेर्ने प्रक्रिया अनिवार्य गरिनुपर्छ । सबै खालका त्रुटिबाट छुटकारा पाउने उपाय ‘प्रुफ रिडिङ’ नै हो ।
– राजन अधिकारी, बूढानीलकण्ठ, काठमाडौं

प्रकाशित : असार २८, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?