१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मानसिक रोग निम्त्याउने दिन !

यो त्यही समय हो, जुन बेला सबै आर्थिक कारोबार हुने सरकारी निकायका लेखा शाखा र कार्यालय प्रमुखहरू केही समयदेखि आफ्नो कुर्सीमा भेटिन्छन्  । यो त्यही समय हो, जहाँ निर्माण ठेकेदारहरूले के–के न फुत्किएला जस्तैगरी वर्षाको पानीको बाटो हेर्दै वा पानीको कुनै मतलब नराखी थुप्रै कामदार लगाई काम गरिरहेको भेटिन्छ  ।

आखिर यस्तो किन ?
किनकि यो असार मसान्त भनेको वर्षभरि गरिएका खर्च र आम्दानीका प्राकृतिक वा कृत्रिम बिल भरपाइहरू बनाई प्राकृतिक वा कृत्रिम रूपले आफ्नो अड्डामा पेस गर्ने गरिन्छ । असार मसान्तमा हतार–हतार सम्पन्न गर्ने काम त्यसभन्दा अघिका महिनाहरूमा गर्न मिल्दैन र ? मसान्तसम्म काम सम्पन्न गर्न सकिएन भने बजेट फ्रिज हुन्छ भन्ने सुनिन्छ । बजेट फ्रिज हुनु भनेको बर्बादै भई रकम कामै नलाग्ने हुनु हो र ? यदि त्यसो होइन भने खर्च हुन नसकेको रकम आखिर देशकै ढुकुटीमा जम्मा हुने त होला नि । त्यसकारण असार मसान्त कसैका लागि पनि सास्ती नबनोस् । मानसिक रोग निम्त्याउने दिन नबनोस् ।
– नरनाथ पाण्डे, कावासोती—८, नवलपरासी

प्रकाशित : असार २८, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?