२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सर्लाहीका चापाकल किन सुके ?

झरी परिरहेको छ  । तराईको वातावरणमा केही सुधार देखिएको छ  ।

कतिपयलाई खेती लगाउने चटारो छ । भ्याइ–नभ्याइ हतारिँदै हिलोलाई स्पर्श गर्दै रोपाइँ सुरु गरिरहेका छन् । तर यस्तो वर्षात्मा पनि सर्लाहीका केही नगरपालिका वा गाविसमा पानीका मुहान सुख्दा चापाकलबाट पानी आउन छाडेको छ । पिउने पानीको हाहाकार भएको छ । स्थानीयबासी पानीको जोहो गर्न भौंतारिरहेका छन् । रित्ता गाग्री लिई गृहणीहरू भौंतारिरहेको दृश्य टिठलाग्दो छ । मुहान सुक्नुको मुख्य कारण चुरेको दोहन हुनु हो । सुख्खायाममा तराईका अधिकांश खोलाबाट बालुवा, गिट्टी उत्खनन गरिन्छ । कतिपयले खोलामै क्रसर उद्योग सञ्चालन गरेका छन् । रुख कटान गरी चोरी निकासी बढ्नाले वर्षायामको पानी सञ्चित हुन सक्दैन । यसमा ध्यान दिन सकिएन भने तराईका अधिकांश ठाउँमा पानीका मुहान सुक्न सक्छ । प्रदेश सरकारले चुरेको दोहन रोकोस् ।
– प्रमोद पौडेल, श्रीपुर–११, वीरगन्ज

प्रकाशित : असार २८, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?