१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विप्लवको विद्रोह र बादल

नेपालमा ‘सर्वहारा कम्युनिस्ट शासन’को नाममा धेरै मानिस मरिसके  । देश ५० वर्ष पछाडि धकेलिइसक्यो  ।

विप्लवको विद्रोह र बादल

महान नेता ‘माओ’लाई बदनाम गरेर ‘माओवादी क्रान्ति’ भनियो भनिँदैछ । ती सब झुट थिए र अहिले पनि झुटकै खेती भइरहेको छ ।सरकारी पक्ष होस् या विप्लव दुबैतिर मर्ने नेपाली नै हुन् । कोही मर्न हुन्न, बिना कारण मार्न पाइन्न । गृहमन्त्री बादललाई विप्लवसँग वार्ता, दमन, प्रतिरोध गर्न नैतिकताले दिँदैन । उनी पूर्व माओवादी नै हुन् । उनी रहेसम्म यो आन्तरिक द्वन्द्व लम्बिन्छ । तसर्थ गृहमन्त्रीले राजीनामा दिएर पूर्वएमाले खेमाका नरम नेताले गृह मन्त्रालय सम्हाली वार्ता सुरु गर्न ढिला नहोस् । विश्वविद्यालयमा स्नातकोत्तर पढिरहेका युवा विद्यार्थीको ‘नागरिक वार्ता टोली’ गठन गरियोस् । पहिलाका र अहिलेका झोले नागरिक समाजबाट त्यो काम नहोस् ।
पूर्व माओवादी खेमाकै गृहमन्त्री रहने हो भने निम्न शंका गर्न सकिन्छ :
१. जंगलका माओवादी र सरकारमा रहेका पूर्व माओवादीबीच हार्दिक सम्बन्ध छैन भन्ने आधार के ?
२. बादल र विप्लवको ‘जुंगाको लडाइँ’ होइन भन्ने आधार के ?
३. एमाले खेमाको ओली नेतृत्व सरकारलाई ‘ढलाउने’ रणनीति होइन भन्ने आधार के ?
४. १२ बुँदे गराउने र नेपालका मन्दिर र गुम्बालाई चर्चमा परिणत गराउने शक्तिको खेल होइन भन्ने आधार के ?
५. असफल बनेको ओली सरकारले नै देशको ध्यान युद्धतर्फ मोडेर सत्ता लम्ब्याउने खेल खेलिरहेको होइन भन्ने आधार के ?
विप्लवजी तपाईंले बोकेका माओ, लेनिन, स्टालिनलाई उनीहरूकै देशमा फर्काइदिनुस् । तिनका नामले नेपाल खण्डहर बनिसक्यो । तपाईंले पुजेका नेता तिनकै नामबाट ‘खर्बपति’ र ‘सुकिला–मुकिला’ बनिसके । सबै बीपीवादमा अटाउनुस् ।
– प्रेमसिंह बस्न्यात, बाँसबारी, काठमाडौं
....
कसैको हार र जितभन्दा पनि मुलुकको हितनिम्ति विप्लवले वार्तामा बस्नुपर्छ । राज्यले वार्ताको वातावरण बनाउनुपर्छ । निर्णायक वार्ता गरी समाधान निकाल्न विलम्ब गर्नु हुँदैन । ‘भाइ फुटे गँवार लुटे’ भनेझैं भाइ–भाइबीच दुश्मनी पैदा गराई अन्त्यहीन द्वन्द्वमा होमिनु हुँदैन । यस अघिको दसवर्षे ‘जनयुद्ध’ जस्तै सधैं मारकाटमा मुलुकलाई धकेल्नबाट रोक्न पनि वार्ता अपरिहार्य छ । सत्तामा बस्ने र हत्या, हिंसामा उत्रने दुवैथरीको सद्बुद्धि आओस् । वार्ताका माध्यमबाट शान्तिको पहल होस् ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : असार २८, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?