कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

वैकल्पिक विमानस्थल नहुँदा

शुक्रबार यती एरलाइन्सको एउटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै चिप्लँदा ८ घण्टासम्म आन्तरिक तथा बाह्य उडान रद्द हुन पुगे  ।

वैकल्पिक व्यवस्था नहुँदा पटक–पटक आम सर्वसाधारणले यस्तै समस्या भोग्दै आएका छन् । विमानस्थल बन्द हुँदा नेपालीले मात्रै होइन, विदेशीहरूले पनि समस्या भोग्नुपर्‍यो । नेपालमा अन्तर्राष्ट्रियस्तरको उडान हुने विमानस्थल एउटै मात्र छ, त्यसमा पनि अवरोध आइरहने गर्छ । पछिल्लो समय त अझै राष्ट्रपति र प्रधानमन्त्रीको विदेश उडान हुँदा पनि नेपाली आकाश खाली गराउनुपर्ने अवस्था छ । एउटा विमानले बाटो अवरोध गर्दा त्यसलाई तुरुन्त हटाउन सक्ने क्षमता नभएको हाम्रो राष्ट्रका भीभीआईपीहरू बडो सानका साथ आफू उड्ने बेला पूरा आकाश खाली बनाउन लगाउँछन् । यदि अर्को कुनै वैकल्पिक विमानस्थल भएको भए आपत्कालीन अवस्थामा पूरै उडान विदेशमै डाइभर्ट गर्नुपर्ने थिएन ।
–सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : असार २९, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?