१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दूधको दोहोरो फाइदा

असार २८ गते शनिबार प्रकाशित ‘गम्भीर रोग विरुद्ध दूध प्रभावकारी’ समाचारमा अस्वस्थ भएकालाई दूध सेवनले स्वस्थ रहन सहयोग गर्छ भनिएको छ  । सुर्ती तथा मादक पदार्थले जताततै ढाक्दै गइरहेको अवस्थामा अमृतरूपी दूध, दही, मही, घिउ सेवन गर्ने र खेतबारीमा गोबर गहुँतको मलले हराभरा कृषि बनाइरहने परम्पराको निरन्तरता जरुरी छ  ।

दूध तथा दुग्ध पदार्थको सेवन गर्नेपट्टि ध्यान जानसके श्वेत क्रान्ति अर्थात् दूध क्रान्तिले स्वदेशमै रोजगारी पनि हुने र रोग पनि निवारण हुने हुँदा उन्नत पशुपालनमा ध्यान दिनु आवश्यक छ ।
– बलराम थापा, क्षेत्रपाटी, कुस्लेचौर–१७, काठमाडौं

प्रकाशित : असार ३१, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?