विप्लव मूलधारमा फर्कने !

असार २९ गते प्रकाशित आहुतिको ‘विप्लवी नेतासँंग बहिरंग सम्वाद’मा नेकपाले विप्लव माओवादीलाई दमनबाट सिध्याउने कुरा सही हो  । पुँजीवादी, साम्राज्यवादीहरूले कम्युनिस्टलाई लोभ्याएर कम्युनिस्ट सिद्धान्तबाट समाप्त पार्ने रणनीति लिएका हुन्छन्  ।

प. बंगालका ज्योति वसुको ३० वर्षे शासन यसको उदाहरण हो । यसले गर्दा पुँजीवादले बदनामी पनि बेहोर्नु पर्दैन र अभिष्ट पनि पूरा हुन्छ । यस प्रक्रियालाई लेखकले प्रतिक्रियावादी आन्दोलन भनी चर्चा गरेका छन् । उनले विप्लवको कार्यदिशाको अस्पष्टता र नेकपामा सिद्धान्त स्खलित भएको सही उल्लेख गरेका छन् । जब घोर कम्युनिस्ट कालमा नेपालमा केही हुन सकेन भने विप्लवले माओवाद हटाएर पनि के नौलो गर्न सक्छन् र ? भारतमा जुन स्थिति छ, त्यसलाई हेर्दा तपाईले नेपालमा पनि त्यस्तो षड्यन्त्र भइरहेको महसुस गरे पनि जुन नेकपा सारमा कम्युनिस्ट छँदै छैन भने संसदमा बहुसंख्यक भए पनि भारतभन्दा भिन्न म मान्दिन । कुनै दिन विप्लवले पनि आफ्नो अंश लिएर यसैमा समाहित हुने निश्चित छ ।
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : असार ३१, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?