२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सनकमा चलेको वायुसेवा

वायुसेवा निगमको ऋण ४० अर्ब कट्यो भन्ने सुन्दा आङै सिरिङ्ग भयो  ।

ढाडै सेकिनेगरी ऋणको दलदलमा निगम किन फँस्यो ? व्यावसायिक एकाग्रता र काममा तीव्र लगाव प्रचण्ड धैर्य एवं साहस साँधेकाहरूले डेराबाट उठेर निजी व्यवसायलाई शिखर चुमाएका उदाहरण नेपालमै पनि गन्ती गर्ने हो भने धेरै छन् । तर व्यवसायमा दमदार घरानाको पृष्ठभूमि भएकाहरू पनि लापरबाही र मनमानीपूर्ण ढङ्गले व्यापार चलाउँदा माथिल्लो श्रेणीका व्यापारीहरू टाट पल्टिएर सडकमा आएका उदाहरण पनि कम छैनन् । हो, यस्तै–यस्तै आँधी–बेहरी र सनकमा सरकारी वायुसेवा निगम फँसेको छ । आफ्नै कमाइले नाम, दाम कमाएर एसिया, युरोपका आकाशमा नेपाली झण्डा फहराइरहेको सरकारी वायुसेवा अन्ततः नराम्ररी धसिएको छ ।


ऋण काढेर किनिएका वाइडबडीको किस्ता साँवा–व्याज तिर्न नसक्ने भई सरकारले हस्तक्षेप नगरे सम्पूर्ण प्रतिष्ठा डुब्ने क्षणमा आइपुगेको छ । निगमभित्र खेलिने अनुचित सरकारी खेलको अचानो हुनविवश निगम छ । निजी जहाज कम्पनीहरू बीचको प्रतिस्पर्धात्मक भिडमा सरकारी निगम निर्वस्त्र बनेको छ । उसैका आँखा सामुन्ने निजी एयरलाइनहरूले मज्जासँग आफ्नो व्यापार विस्तार गर्दै लैजान सफल हुँदा नयाँ वाइडबडी वर्षदिनदेखि गन्तव्य पहिल्याउन नसकी थन्किएका छन् । उडान भरेका स्थानहरूमा पनि यात्रुहरूको चाप निराशाजनक छ । दिन–प्रतिदिन बजार र यात्रुहरूका विश्वास गुमाउँदै निगमले मार्सी चामल बेच्न नजानेका बेला निजी एयरलायन्सहरूले पिठो बेचेर लटालट कमाउँदै वर्षेनि जहाजहरू थपिरहेका छन्, आखिर कसरी? यी सबै त्यहाँ भित्रका धुवाँदार झण्डाको राजनीति हो ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : श्रावण ३, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?