१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ट्रम्पको योजना

ध्रुव कुमारको लेख ‘अमेरिकी दबाबमा भारत’ पछिल्लो भूराजनीति बुझ्न लाभदायक लाग्यो  । वास्तवमा रूसको विघटनपछि भारतले सबभन्दा भरपर्दो मित्र गुमायो  ।

चीन त भारतको दुश्मन नै थियो र छ । अतः भारत अमेरिकासित टाँसियो । चीनलाई काउन्टर गर्न अमेरिकालाई पनि भारतको आवश्यकता छ । उता चीनलाई पनि अमेरिकालाई काउन्टर गर्न भारतकै खाँचो छ ।

अतः कुनै बेला एक्लो परेको भारत अब दुवैका लागि महत्त्वपूर्ण बनेको छ । यति हुँदाहुँदै अमेरिका किन भारतप्रति नकारात्मक हुन्छ, समझमा आउँदैन । के अमेरिका भारत र चीन दुवैलाई एकसाथ टार्गेट गर्न चाहन्छ ? हो भने उसका लागि यो फलामको चिउरा चपाउनु सरह हुन्छ । होइन भने सन् २०२० को चुनावलाई ध्यानमा राखेर ट्रम्प दक्षिणपन्थी मतदातामा लोकप्रिय मात्र बन्न चाहन्छन् । यस्तो हो भने ट्रम्प हारेपछि मात्र स्थिति सुध्रिने सम्भावना देखिन्छ ।
– डा.शिवशंकर यादव,छपकैया, वीरगन्ज

प्रकाशित : श्रावण ६, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?