रगतको अभाव कसरी पूरा गर्न

मान्छेलाई आपत् पर्दा रगत लिन दौडिन्छ, तर आफूले रगत दिनुपर्छ भनेर कहिल्यै सोच्दैन  । ३–३ महिनामा रक्तदान गर्न सकिन्छ  ।

त्यो अवधिमा रगत दिए पनि नदिए पनि आफै नष्ट हुन्छ । यो यथार्थ आम नागरिकलाई बुझाउन नसक्नु रगत संकलनमा कमी आउनुको एउटा पाटो हो । स्वास्थ्य मन्त्रालयले सरकारीया प्राइभेट सबै अस्पतालमा रगत संकलन केन्द्र अनिवार्य रूपमा राख्नुपर्ने प्रावधान ल्याए समस्यामा केही कम हुन सक्ला । कतिपय अस्पतालमा ब्लड बैंक त छन्, तर रगत लिन जाँदा दिँदैनन् । रगत लिन वा किन्न पनि सोर्सफोर्स चाहिनु दुःखद छ । संसददेखि सडकसम्म अन्य विषयमा चर्चा–परिचर्चा भएको पाइन्छ, तर रगत संकलन गर्नुपर्छ, रगत अति आवश्यक चिज हो, कसरी बढी रगत संकलन गर्न सकिन्छ भन्नेबारे कहीं बहस भएको पाइँदैन । यसैका कारण सधैं रगतको अभाव भइरहने गरेको छ । आधिकारिक रगत संकलन केन्द्र रक्तसञ्चारले सर्वसुलभ तरिकाले सुविधा दिन सकिरहेको छैन । विभिन्न संघ–संस्थाले बेलाबेला रगत संकलन गरिरहेका छन्, तर पनि अभाव ज्युँकात्युँ छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : श्रावण ६, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?