३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

योग्यलाई स्कुल विभाग

कान्तिपुर संवाददाता

नेकपा स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठमध्ये कसलाई ल्याउने भन्ने विवाद उत्कर्षमा रहेका बेला त्यसका लागि वैचारिक अभियान चलाउँदै आएका नेता घनश्याम भुसालले समेत दाबी गरेको पाइयो  ।

तत्कालीन एमालेको महाधिवेशनबाट उपमहासचिव र हाल स्थायी समितिका सदस्य एवं मार्क्सवादी प्रशिक्षण र त्यस सम्बन्धी अध्ययन गरेका नेता भुसालले पार्टीको विचार निर्माणमा खेलेको भूमिकाको मिहेनत र कदरस्वरूप स्कुल विभागको नेतृत्वको माग गरेको देखियो ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँगै रहेको स्कुल विभागमा मार्क्सवाद र समाजवादको अध्ययन/अध्यापन गराउने हुँदा र हालको पार्टीले स्वीकारेको विचारको विकास र व्याख्या गर्न भुसाल उपयुक्त भएको दाबी सुनिन्छ । प्रचण्ड पक्षधरहरूले पोखरेललाई कुनै पनि हालतमा नस्वीकार्ने र श्रेष्ठलाई दिनुपर्ने अडान राखिरहेका छन् । यसको विकल्पमा माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र झलनाथ खनाललाई जिम्मेवारी दिन सक्ने देखिन्छ । तर अध्यक्षद्वय सकेसम्म पोखरेल–श्रेष्ठ हानथाप मिलाउने प्रयत्नमा रहेकाले सचिवालय बैठक सरेको सर्‍यै छ ।


स्कुल विभागमा योग्य, मिहेनती, सामर्थ्यवान व्यक्ति राखेर नेकपालाई मजबुत बनाउन खोज्ने हो भने श्रेष्ठ, भुसाल र खनालमध्ये एकजना छान्नुपर्ने देखिन्छ । यसो गर्दा योग्य, सामर्थ्य र दक्ष व्यक्ति नेतृत्वमा आउँछन् । तर गुटबन्दी, भागबन्डा, लबिङ र स्वीकार्यता मात्र हेरेर छनोट गर्नेर् ेहो भने जसलाई ल्याए पनि हुन्छ ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : श्रावण १३, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?