कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपप्रमुखको अनुकरणीय काम

कान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारले स्थानीय तहका उपप्रमुखलाई सवारी खरिदका लागि छुट्याएको रकमबाट गोरखाको पालुङटार नगरपालिकाले शववाहन किन्न लागेको थाहा पाउँदा खुसी लाग्यो  । विगतको अनुभवले भने यो हर्ष धेरै दिन टिक्न नदिने हो कि भन्ने संशय उब्जाएको छ  ।

नगरपालिकाले एस्काभेटर र टिपर एकएक थान किनको वर्षौं भइसक्दा पनि चालक नियुक्ति गर्न सकेको छैन । नगरपालिका परिसरमै थन्केका ती महँगा साधन खियाले सड्ने सम्भावना बढ्दै गएको छ । स्थानीय ढुवानी एवं निर्माण व्यवसायीको मनपरी भाडादर खेप्दै आएका नगरवासी नगरकै सम्पत्ति उपयोग गर्न नपाउँदा निराश छन् । शववाहनले पनि यस्तै नियति भोग्नुपर्ने हो कि ? सवारीसधानको सञ्चालनसम्बन्धी उचित कार्यविधि बनाउनु अत्यावश्यक भइसक्यो । राज्यको बजेट खर्च गरी ल्याइने यस्ता सवारी साधनलाई बेकामे तुल्याउनु कदापि क्षम्य हुन सक्दैन । यसतर्फ नगरपालिका प्रशासन र कार्यपालिकाको ध्यान पुगोस् ।
किरण गिरी, पालुङटार–३, गोरखा

प्रकाशित : श्रावण १९, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?