कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीमा दोषी को ?

कान्तिपुर संवाददाता

‘कति लम्ब्याउयने मेलम्ची ?’ आइतबारको सम्पादकीयले उठाएको प्रश्न सम्पूर्ण काठमाडौं उपत्यकावासीकै साझा प्रश्न हो  ।

२८ वर्षमा बनेका २६ वटै सरकारको प्राथमिकतामा पर्नुपर्ने मेलम्ची आयोजना अहिलेसम्म पूर्ण नहुनुले राजनीतिक दलका नेताहरूको ध्येय लोककल्याणको कामभन्दा सत्ता प्राप्तिमै सीमित भएको प्रस्ट भएको छ ।

कहिले ७२ बैसाखदेखि त कहिले २०७५ दसैंदेखि उपत्यकावासीलाई पानी खुवाउने वाचा वाचामै सीमित भए । ९७ प्रतिशत काम पूरा भइसकेको अवस्थामा काम गर्दै आएको विदेशी ठेकेदार कम्पनीलाई उसले पाउनुपर्ने रकम दाबी गरेको विषयको विवादलाई आधार बनाएर काम छाडेर हिँड्न बाध्य हुने अवस्था आइपर्नु दुर्भाग्यपूर्ण थियो । यसबाट हुने लाभहानिको विषय ठेकेदार कम्पनी र नेपाल सरकार दुवै पक्षसँग सम्बन्धित हुन् । यद्यपि सरकार भएका नाताले सुझबुझ देखाएर विवाद सल्टाउँदै काम गर्दै आएको कम्पनीबाटै पूरा काम सकाउनेतिर सरकार लागिपरेको भए वेश हुने थियो । उल्टै ठेकेदार कम्पनीले काम छाडेर गएपछि आयोजनालाई विभिन्न खण्डमा टुक्र्याएर दर्जनभन्दा बढी आफू निकटस्थ ठेकेदारहरूलाई खानेपानी मन्त्री विना मगरले काम दिएको देखियो । मन्त्री मगरको यही रवैयाले मेलम्ची आउने कि नआउने अनिश्चित बन्दै गएको छ ।
– महेशप्रसाद ढुंगाना, नयाँवानेश्वर, काठमाडौं

प्रकाशित : श्रावण २३, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?