कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गणतन्त्रको बेहाल

कान्तिपुर संवाददाता

गणतन्त्र आएपछि सबै नेपालीका सुखका दिन आउँछन् भन्ने सोचेर ज्यानको पर्वाह नगरी नागरिक आन्दोलनमा होमिए  । गणतन्त्र आयो पनि तर केही वर्षमा नै गणतन्त्रले सबै नेपालीलाई नराम्ररी निराश बनायो  ।

दुई तिहाइको भरपर्दो सरकार छ, गर्न मनलागे सरकारले गर्न नसक्ने केही छैन । तर आसलाग्दो र भरपर्दो कुनै पार्टी र नेता अहिलेसम्म नदेखिनु जनताका निम्ति विडम्बना हो । भ्रष्टाचारको दलदल सबै राजनीतिक दल र सरकारी निकायमा व्याप्त छ । नागरिक दिनदहाडै सरकारी कार्यालयमा लुटिएका छन् । सरकार आँखामा पट्टी र कानमा तेल हालेर बसेको छ । कतिसम्म भने जहाँका न्यायाधीशहरू, प्रहरीका आईजी र डीआईजीहरू, नेताहरू भ्रष्टाचारको आरोपमा जेलमा छन्, मुद्दा खेपिरहेका छन् । झन् गणतन्त्र आएपछि त यो बेथिति अकासिएको छ । प्रायः सरकारी अड्डाहरू भ्रष्टाचारका अखडा भएका छन् । त्रिवि दलीय भागबन्डाको चपेटामा छ । सरकारी अस्पताल र सामुदायिक स्कुलहरूको हालत बेहाल छ ।


देशैभरका बाटोघाटोको अवस्था कन्तबिजोग छ । राजनीतिक दल र दलभित्रको अवस्था हेरिनसक्नु छ । देशमा सुशासन कहीँ छैन । कैयौं वर्षअघि आउनुपर्ने मेलम्चीको पानी आजसम्म आउनसकेको छैन । कुनै पनि ठेकेदारले समयमा कुनै पनि काम सकेको रेकर्ड छैन । सरकारी योजना समयमा सकिएको छैन । त्यहाँ पनि भ्रष्टाचारको दलदल छ । अरु त अरु यहाँको राष्ट्रपति पनि आफ्नै सुविधाका लागि मरिमेट्छन् । जनताका लागि काम गर्ने कुनै नेता छैनन् । भाषण त यहाँ सबै नेता गर्छन् । तर काम गर्ने इच्छाशक्ति कोहीसँग छैन । २०४६ सालदेखि यस देशमा प्रजातन्त्र छ । यिनै नेताहरूको हातमा शासनको बागडोर छ । तर कुराजस्तो काम हुन सकिरहेको छैन । खासमा देश बनाउने नेताहरूको सोच, आचरण र इमानदारीले हो । तर यहाँ अधिकांश नेता ठेकेदार, दलाल र भ्रष्टहरू छन् । अनि के विकास हुनु ?
– श्याम के.सी., मन्थली– १, रामेछाप

प्रकाशित : श्रावण २४, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?