कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

संघीयता धरापमा !

कान्तिपुर संवाददाता

संघीय संरचना प्रत्युत्पादक हुने हो कि भन्ने चिन्ता प्रकट हुनथालेको छ  ।

एउटा कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले संघीयताको एकखाले बीउ रोपेको तर अर्कै खाले बीजाङ्कुरण भइरहेको भन्दै वर्तमान राजनीतिक विसंगतिप्रति असन्तुष्टि जनाउनु आश्चर्यलाग्दो छ । सुरुदेखि नै संघीयताका विपक्षमा राय राख्दै आएका राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले दाहालको उक्त भनाइप्रति लक्षित गर्दै उनमा ढिलो बुद्धि पलाएको भनेर टिप्पणी गर्नु स्यालले हुइयाँ लगाए जत्तिकै लाग्छ । संघ र प्रदेश सरकारका बीच क्षेत्राधिकारबारे पटक–पटक द्वन्द्व भइरहेको पृष्ठभूमिमा यस्ता अभिव्यक्ति निकै अर्थपूर्ण छन् । प्रदेश सरकारहरू संघीय सरकार जत्तिकै सत्ता, शक्ति र विलासितामा लिप्त बन्दै गएको हेर्दा संघीयता मुलुकले धान्नै नसक्ने स्थितिमा पुगेको बुझ्न गाह्रो छैन ।

‘थोत्रो गाडी दिएर अपमान गरिएकाले ल्यान्ड क्रुजर किनेको हुँ’ भनेर प्रदेश सरकारहरूले गर्व गर्दा आखिर हानि संघीय संरचनामै पर्ने हो । प्रदेश सरकारहरू देशका लागि भार होइन, विकासका संवाहक हुन् भन्ने मान्यता स्थापित गर्नु त कता हो कता, कर्मचारी फिर्ता गर्ने, संघलाई हाँक दिने, प्राकृतिक स्रोतमा खिचातानी गर्ने, दोहोरो कर लगाउने, गाउँपालिका र नगरपालिकाका उपाध्यक्ष र उपप्रमुखलाई समेत गाडी सुविधा दिने जस्ता अनुत्पादक र जनतापीडक काममा अलमलिएका छन् । यसैलाई आधार बनाई अहिले राजावादीहरू सल्बलाउन थालेको स्थितिमा संघीयतावादीहरू बेलैमा सचेत हुनु जरुरी छ ।
– डा. धनपति कोइराला, कावासोती, नवलपुर

प्रकाशित : श्रावण २७, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?