कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रधानमन्त्री रोजगार कार्यक्रम

कान्तिपुर संवाददाता

‘एक महिनामै फेरि बेरोजगार’ शीर्षक समाचारले प्रधानमन्त्री रोजगार कार्यक्रमको औचित्य र सरकारको प्राथमिकतामै संशय उब्जाएको छ  ।

अर्बौं खर्चेर लाखौंलाई रोजगारी उद्घोष गर्दैगर्दा के यस्ता परिणामले कार्यक्रमको उपयोगिता झल्काउलान् त ? अधिकांश रकम क्षणिक अवसर र मनोरञ्जनात्मक तवरले खर्चिएको यथेष्ट प्रमाण सूचीकृत गराइँदा पनि सरकारले कुनै मूल्यांकनबिना अधिकतम दक्ष जनशक्ति उत्पादनमा अपुग भन्दै अर्बौं वैदेशिक ऋण लिएर तिनैको पक्षपोषण गर्नु सस्तो लोकप्रियता सिवाय केही होइन । ‘समृद्ध नेपाल सुखी नेपाली सरकारको मूल अभिभारा तथा हरेक नेपालीको शुभेच्छा’ भन्दै गर्दा यसरी अनुत्पादक क्षेत्रमा बारम्बार रजाइँ गर्ने हो भने सरकारबाट आम नागरिकले अपेक्षा गर्ने कि उपेक्षा ? वास्तविक श्रमिकको भावना र आवश्यकता के हो, कसले सुन्ने ? सधैं एउटै प्रवृत्ति दोहोर्‍याउने मानसिकताले गर्दा आम नागरिकले आधारभूत आवश्यकताको प्रत्याभूति गर्न नसकेको कुरा नेतृत्व तहले कहिले बुझ्छ होला ?
– सुभाष अर्याल, भीरकोट–५, स्याङजा

प्रकाशित : श्रावण २७, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?