२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ऊर्जा मन्त्रीलाई प्रश्न

कान्तिपुर संवाददाता

साउन २४ गतेको कान्तिपुरमा ‘अबको १ वर्षमा दोब्बर बिजुली’ भनी ऊर्जा मन्त्रीको भनाइ पढ्न पाइयो  । अति राम्रो  ।

देश अँध्यारोबाट उज्यालोतर्फ जाँदा कसलाई मन नपर्ला र ? यो गौरवकै विषय हो । हामी सिरहा, धनगढीमाई नगरपालिकाबासीको तर्फबाट हेटौंडा–ढल्केवर–दुहबी ४०० केभी विद्युत प्रसारण आयोजना अन्तर्गत पर्ने बिजुलीका तार र पोलले गर्दा बिभिन्न किसानको सहरीकरण भइरहेको घर, घडेरी पर्ने जमिन तथा खेतबारीमा दायाँ–बायाँ २३/२३ मिटर छाड्नुपर्ने नियमले गर्दा यहाँका बासिन्दा पीरमर्कामा परेका छन् । इनरुवा डिभिजन प्रमुखलाई सम्पर्क गर्दा माथि कुरा गर्नोस् भन्छन् । हाम्रा सरोकारवाला समन्वय समितिले काठमाडौंमा कार्यकारी निर्देशकसँंग भेट्न जाँदा पनि अनेकन बहानाबाजी गरी यी पीडित किसानको कुरा सुन्न नचाहेकाले कान्तिपुरमार्फत यो जनगुनासो सुनाउन हामी नगरबासी बाध्य भएका छौं । हुन त हामीले यसै सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुरेशचन्द्र दास यादवमार्फत पनि पत्राचार गरेका थियौं । हटलाइन सेवामा चन्द्र राईमार्फत यो समस्याबारे तपाईलाई जानकारी गराइएको थियो । त्यसमा पनि आश्वासन मात्रै भयो । अब हामी पीडित जनता कहाँ गएर कसलाई यो गुनासो सुनाउने ? घर, घडेरीको मुआब्जाको दर कति प्रतिशत हो ? २३/२३ मिटर दायाँ–बायाँ दुबैतर्फ छाड्दा उठीबास हुने सम्भावना देखिन्छ, उनीहरूका लागि राष्ट्रको तर्फबाट के सुविधा हुनेछन् ? र यो कार्य कहिलेबाट थालनी हुन्छ ?
– चन्द्र राई, लोकबहादुर मगर,
नवराज लामा, सिरहा

प्रकाशित : श्रावण २८, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?