१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कसरी सफल हुन्छ, पर्यटन वर्ष ?

कान्तिपुर संवाददाता

पूर्वाधार विकास : पर्यटन विकासको मेरुदण्ड भनेको नै पूर्वाधार विकास हो, जसमा सडक, पैदल मार्ग, होटल, होमस्टेहरू पर्छन्  ।

कसरी सफल हुन्छ, पर्यटन वर्ष ?

हामीले यस्ता पूर्वाधारको विकास नगरेसम्म आन्तरिक तथा बाह्य पर्यटनको विकास असम्भवप्रायः छ । महंँगी र सरकारी नियमन ः भनेर मात्र आन्तरिक पर्यटन प्रावधान हुँदैन । सामान्य होटल तथा रेस्टुरेन्टहरूले सुतेको र खाएको कति रकम लिन पाउने हो र कति लिइरहेका छन् ? यो अनुगमन र नियमन सरकारले नगर्ने हो भने आन्तरिक पर्यटनमा जानेलाई सोध्नु होला, पैसा छर्ने हो, कति भए पुग्छ ? हालै मात्र नवलपरासीस्थित थुम्सीमा ५ सय रुपैयाँ तिरेर सामान्य ढिँडो र कुखुराको मासु खानुपर्‍यो । यो अति भएन ? यसको अनुगमन कसले गरिदिने ?


आतिथ्य ः पहिले–पहिले सुन्ने गरेको नेपालीहरू स्वभावैले अतिथि सत्कार गर्छन् भन्ने थियो । तर अहिले हेर्नुस् त एयरपोर्ट झरेपछिको अवस्था ? ट्याक्सीवालाको दलाली, होटलमा दलाली, ट्रेकिङ रुट, हवाइमार्ग जताततै दलालहरूको माखेसाङ्लोबाट बाहिर निक्लन सक्ने अवस्था छैन । अनि कसरी हुन्छ, यो सञ्जाल नतोडी पर्यटन विकास ?खानपानको व्यवस्था ः कति ठाउँमा खानेकुरा नै पाइँदैन, पाए पनि अखाद्य वस्तु, अत्यधिक मिसावट र अनुचित मूल्यले आन्तरिक र बाह्य दुवै पर्यटक हैरान छन् । खै सरकारी अनुगमन ? सुरक्षा ः पर्यटन विकासको अर्को महत्त्वपूर्ण पक्ष सुरक्षा हो । मानिसहरू एक्लै होस् वा परिवारमा सुरक्षित तरिकाले यात्रा गर्न चाहन्छन्, जसको सम्भावना सरकारको उपस्थितिले मात्र हुन्छ । रुटहरू, होटलहरूमा प्रहरीको व्यवस्थापन तथा निगरानी भयो भनेमात्र पर्यटकहरू निस्फिक्री घुम्न सक्छन् । त्यसमा खै हाम्रो तयारी ?


आपत्कालीन सेवा ः हाम्रो देशमा साह्रै कमजोर रहेको आपत्कालीन सेवा हो । यसको चुस्त व्यवस्थापनबिना पर्यटकहरूको मनोबल बढ्दैन । जसले अरु नयाँ पर्यटक भित्रिने सम्भावना हुँदैन ।
– शिव अधिकारी, नीलकण्ठ नपा–३, धादिङ

प्रकाशित : श्रावण २९, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?