२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अकासियो सुनको भाउ

कान्तिपुर संवाददाता

रूसका कम्युनिष्ट नेता भी.आई. लेनिनले भनेका थिए, ‘हाम्रो राजमा बुर्जुवाहरूले अमूल्य मान्दै आएको सुन चर्पीमा लेपन लगाउन बाहेक अन्यत्र काम लाग्दैन  । ’ लेनिनले के भन्न खोजेका हुन् भने हामी सुनलाई मूल्यवान ठान्दैनौं या महत्त्व दिँदैनौं  ।

उनको कुरा रसियामा लागू भयो–भएन, त्यो उनै जानुन् । यतिबेला नेपालमा लेनिनवादी नेकपाको स्पष्ट दुई तिहाइ मतको सरकार छ । अहिलेको सरकार बीपी कोइरालापछिको सबैभन्दा शक्तिशाली सरकार हो । यसले संविधान, नियम, कानुन सजिलै बदल्न सक्छ । सन्धि, सम्झौता गर्न वा देशलाई कायापलट गर्न सक्छ । यत्रो ठूलो शक्ति भएको सरकार भने बिचौलियाको पछिपछि कुदिरहेको छ ।


कृषिप्रधान देशमा साउन महिना हरियाली हुन्छ । यतिबेला बारीमा टन्न सागसब्जी तथा हरिया तरकारी लटरम्म हुने मौसम हो । तर बजारमा तरकारी किन्न जाँदा भाउ सुन्दैमा पनि बेहोश हुने स्थिति छ । यो महिनामा मात्र २२–१०९ प्रतिशतसम्म तरकारीको भाउ बढेको छ । अरू खाद्यान्नमा ६/७ प्रतिशत वृद्धि भएको छ । यो सरकारको डेढवर्षे कार्यकालमा कालोबजारी र महँगीले विश्व रेकर्ड नै तोडेको छ । डेढ वर्षयता ३० प्रतिशतको हाराहारीमा बजार भाउ वृद्धि भएको छ भने सुन प्रतितोला १८ हजारसम्म बढेको छ ।सुनको भाउ प्रतितोला साढे ७१ हजार रुपैयाँ पुगेको छ । गणतन्त्र सुरु हुँदा सुनको भाउ प्रतितोला २३ हजारभन्दा बढी थिएन । गणतन्त्र आएपछिका ११ वर्षमा सुशील कोइराला र शेरबहादुर देउवाले १/१ वर्ष बाहेक बाँकी ९ वर्ष कम्युनिष्टहरूले सरकार चलाएका छन् । २०४७ पछि धेरै सत्ता चलाउनेमा एमाले नै पर्छ । यो ३० वर्षमा कांग्रेसले १२ वर्ष र बाँकी धेरै कम्युनिष्टले चलाएको छ । तर यति उधुम किन महँगी बढिरहेको छ ? किन यति धेरै भ्रष्टाचार बढिरहेको छ ? कांग्रेसले हिजो राजालाई उछिन्ने खेल खेल्यो, आज नेकपाले कांग्रेसलाई उछिन्ने रणनीति लियो । अहिले त कसैले कसैलाई भ्रष्टाचारी भनिदिँदा सम्मान ठान्ने स्थिति बन्यो । एमाले लेनिनवादी हो भने लेनिनले भनेको सुनलाई यस्तो अमूल्य बनाउनेतिर लाग्दैनथ्यो होला ।
– ज्यो. रत्ननिधि रेग्मी ॅशुक्राचार्य’, काठमाडौं

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?