२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रधानमन्त्रीको स्वास्थ्य चासो

कान्तिपुर संवाददाता

प्रधानमन्त्रीज्यू, हामी यो देशको सार्वभौम नागरिक हौं  । राज्यलाई कर तिर्छौं  ।

तपाई लगायत सबै राष्ट्रसेवकको तलब–भत्तामा हामीले तिरेको कर नै प्रयोग हुन्छ । तपाई सिंगापुरको १० दिने उपचारमा जाँदा र आउँदा तपाई र तपाईको टोलीको हवाइजहाजको टिकटमा हामीले पनि रगत–पसिना गरी तिरेको राज्यकोष प्रयोग भएको छ । यसर्थ तपाईको स्वास्थ्यस्थिति कस्तो छ ? १० दिने उपचार केको लागि गरिएको हो ? तपाईले आफ्नो स्वास्थ्य रिपोर्ट आजका दिनसम्म सार्वजनिक गर्नुभएको छैन । के यो देशको जनताप्रति तपाईको अलिकति पनि दायित्व र जवाफदेहिता छैन ? छ भने अविलम्ब त्यो १० दिनमा के गरियो ? त्यसको फेहरिस्त जनतालाई दिनोस् । होइन भने तपाईलाई राज्यकोष प्रयोग गर्ने अधिकार पनि हुने छैन । देशको सर्वोच्च कार्यकारी प्रमुखको स्वास्थ्यस्थिति कस्तो छ ? जान्ने हक प्रत्येक नेपालीलाई छ । जनताले थाहा पाउन चाहेको कुराको आधिकारिक जानकारी दिनु प्रधानमन्त्रीको कर्तव्य हो ।
– गोपाल देवकोटा, चावहिल, काठमाडौं

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?