कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फोटोमा हेर्नुस् मिस नेपाल-२०१६

काठमाडौं — मिस नेपाल वर्ल्ड २०१६ को ताज अश्मी श्रेष्ठले पहिरिएकी छन् । शुक्रबार राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा सम्पन्न ग्रान्ड फिनालेमा काठमाडौंकी २२ वर्षीया अश्मीले मुलुकभरका १८ प्रतियोगीलाई पछि पारेकी हुन् ।

फोटोमा हेर्नुस् मिस नेपाल-२०१६

तस्बिरहरुः अंगद ढकाल

मिस नेपाल वर्ल्ड २०१६ को ताज अश्मी श्रेष्ठले पहिरिएकी छन् ।


Advertisement



Advertisement


शुक्रबार राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा सम्पन्न ग्रान्ड फिनालेमा काठमाडौंकी २२ वर्षीया अश्मीले मुलुकभरका १८ प्रतियोगीलाई पछि पारेकी हुन् । जुरी संयोजक तथा साहित्यकार राजेन्द्र थापाले सोधेको ‘महिला आरक्षण चाहिन्छ कि चाहिँदैन ?’

प्रश्नमा उनले मुलुकको प्रमुख तीन ओहदामा महिला रहेको उदाहरण दिँदै आरंक्षण नचाहिने जवाफ दिएकी थिइन् । उनले हीराको ताजसहित एक लाख रुपैयाँ, स्कुटी, एयर टिकट र स्मार्ट फोन पाइन् । उनले आगामी मिस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएकी छन् ।

उनले मिस फोटोजेनिक, दि काठमान्डु पोस्ट मिस इन्टेलेक्चुअल र बेस्ट इभनिङ गाउन गरी तीनवटा सब–टाइटिल अवार्डसमेत पाइन् । ललितपुरकी २० वर्षीया रोशनी खत्री मिस नेपाल अर्थ भएकी छन् । उनले हीराको ताज, ७५ हजार रुपैयाँसँगै आउँदो अक्टोबरमा हुने मिस अर्थमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएकी छन् ।

खत्रीले मिस कन्फिडेन्ट र मिस पर्सनालिटी अवार्डसमेत पाइन् । मिस नेपाल इन्टरनेसनलको ताज काठमाडौंकी वर्षा लेखीले पहिरिइन् । उनले हीराको हारसहित ५० हजार रुपैयाँ पाइन् । आउँदो मिस इन्टरनेसनलमा उनले मुलुकको प्रतिनिधित्व गर्नेछिन् ।

प्रकाशित : चैत्र २७, २०७२ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?