कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राजधानीको कुलेश्वरबाट समातिएकाे चितुवा शिवपुरीमा छाेडिदै (फोटो तथा भिडियाे)

डार्ट गरेर नियन्त्रणमा लिइएकाे चितुवा भाले हाे : पशुचिकित्सक राधाकृष्ण घर्ति

काठमाडौं — बुधबार बिहान ७ बजे राजधानीको कुलेश्वर, गणेशस्थानस्थित रामजी श्रेष्ठको घरमा पसेको चितुवा नियन्त्रणमा लिइएकाे छ । उक्त चितुवालाई शिवपुरीकाे जंगलकाे तारेभिर क्षेत्रमा लगेर छाेडिदैछ ।

राजधानीको कुलेश्वरबाट समातिएकाे चितुवा शिवपुरीमा छाेडिदै (फोटो तथा भिडियाे)

बिहान एक्कासी घरमा चितुवा देखा परेपछि त्यहाँका स्थानीयहरू त्रसीत भएका थिए । चितुवा पसेको खबर पाए लगत्तै त्यहाँ प्रहरीको टोली पुगेको थियो । सदर चिँडियाखाना र निकुन्ज विभागका कर्मचारीको टोलीले चितुवालाई ठूलाे प्रयासपछि नियन्त्रणमा लिने सफल भएकाे हाे ।

डार्ट गरेर नियन्त्रणमा लिइएकाे चितुवालाई शिवपुरीकाे ज‌ंगलमा लगिएकाे पशु चिकित्सक राधाकृष्ण घर्तीले बताए । उनकाे अनुसार याे भाले चितुवा हाे ।

राजधानीकाे घनावस्ती भित्र केही समय यता चितुवा देखिन थालेकाे छ ।

गत पुस महिनामा नयाँ बानेश्वरकाे एक घरमा चितुवा फेला परेकाे थियाे । यस्तै माग महिनामा किर्तिपुरस्थित एक घरमा पनि चितुवा फेला परेकाे थियाे ।














प्रकाशित : जेष्ठ १९, २०७३ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?