२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ऐतिहासिक अमरसिंह गढी किल्ला (फोटोहरु)

डडेलधुरा — पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सीमाना सुरुमा कुमाल गढवालसम्म पुगेको थियो ।

ऐतिहासिक अमरसिंह गढी किल्ला (फोटोहरु)

एकीकरणको अभियानबेला विस १९४७ भदौ ३१ गते सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौजले डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रशासक नियुक्त भएका थिए ।

तिनै अमरसिंह थापाले आफू नियुक्त भएको वर्ष बनाउन लगाएको ढुंगो किल्ला डडेलधुरामा अमरगढी किल्लाको रुपमा परिचित छ । यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो ।

काँगडा र कुमाउको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दीपायल सिलगढी सरेको बताइन्छ ।

प्रकाशित : जेष्ठ ३१, २०७३ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?