१५ तस्बिरमा हेर्नुहोस् एमालेसहित ९ दलको 'शक्ति प्रदर्शन'

काठमाडौं — प्रमुख विपक्षी एमालेको नेतृत्वमा गठबन्धनका ९ दलले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गरेका छन् ।विदेशीको निर्देशनमा सरकारले राष्ट्रविरोधी संविधान संशोधन विधेयक ल्याएको भन्दै संघर्ष गर्दै आएका एमालेसहितका विपक्षी दलले काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन्।

तस्बिरहरु : हेमन्त श्रेष्ठ, प्रताप थापा र अंगद ढकाल

प्रमुख विपक्षी एमालेको नेतृत्वमा गठबन्धनका ९ दलले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गरेका छन्।

विदेशीको निर्देशनमा सरकारले राष्ट्रविरोधी संविधान संशोधन विधेयक ल्याएको भन्दै संघर्ष गर्दै आएका एमालेसहितका विपक्षी दलले काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन्। शक्ति प्रदर्शनको ‘ट्रेलर’स्वरुप एमाले एक्लैले बिहीबार काठमाडौंमा हजारौंको मोटरसाइकल र्‍याली निकालेको थियो ।

जनप्रदर्शनमा एमालेसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, नेपा: राष्ट्रिय पार्टी, मधेस समता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) सहभागी छन् । संसदमा नरहेको चुरेभावर राष्ट्रिय पार्टी (लोकतान्त्रिक)ले पनि विपक्षी सभालाई साथ दिएको छ ।

प्रदर्शनका कारण काठमाडौँका केही मुख्य ठाउँमा चल्ने सवारी साधन प्रभावित भएको छ ।

शक्ति प्रदर्शनको क्रममा उपत्यकाको विभिन्न ४० ठाउँबाट र्‍याली निकाएको थियो । विभिन्न ठाउँबाट निक्लेको र्‍याली सभागृह सडकमा आएर सभामा परिणत भएको छ । अहिले सभागृह अगाडि विभिन्न दलका नेताहरु सम्बोधन गरिरहेका छन् ।

प्रकाशित : पुस २२, २०७३ १५:२९

प्रतिक्रिया
पठाउनुहोस्