सेताम्मे कालिञ्चोकमा 'स्की'को खोजी [फोटो फिचर]

(कालिञ्चोक) दोलखा — धार्मिक तथा पर्यटकीय रुपमा चर्चित कालिञ्चोक क्षेत्र पुसको दोस्रो साताबाट हिउँले ढाकिँदै आएको छ ।हिमपातसँगै कालिञ्चोकमा हिउँ खेल्न जानेको संख्या अत्याधिक छ । चारैतिर हिमाल अनि सुन्दर फाँटले कालिञ्चोकलाई स्वर्गको एक टुक्रा बनाएको छ ।

धार्मिक तथा पर्यटकीय रुपमा चर्चित कालिञ्चोक क्षेत्र पुसको दोस्रो साताबाट हिउँले ढाकिँदै आएको छ ।

हिमपातसँगै कालिञ्चोकमा हिउँ खेल्न जानेको संख्या अत्याधिक छ । चारैतिर हिमाल अनि सुन्दर फाँटले कालिञ्चोकलाई स्वर्गको एक टुक्रा बनाएको छ । यही स्वर्गको टुक्रामा दोलखामा विदेशी पर्यटक आकर्षण गर्ने अनेकौं सम्भावनाको खोजी पनि भइरहेको छ ।

कालिञ्चोकमा दर्शनार्थी सहज बनाउन केवलकार निर्माण जारी छ । पछिल्लो समय केही युवा कालिञ्चोकमा हिउँमा खेलीने स्किको सम्भावना खोजीरहेका छन् । उनीहरुले पहिलोपटक कालिञ्चोकमा यो साहसिक खेललाई बुधबार र बिहीबार परिक्षण प्रयोग पनि गरिसेका छन् । यसअघि यिनै युवाले दोलखाको रोल्वालिङ क्षेत्रको ना गाउँमा स्कीको सम्भावना पहिचान गरेका थिए ।

अन्तर्राष्ट्रिय खेलमा खुवै रुचाईएको यो साहसिक खेल कतिको सम्भावना छ त दोलखामा ? यसका अभियन्ता स्की एण्ड स्नोवार्डिङ फाउण्डेशनका अध्यक्ष उत्सव पाठक भन्छन्, 'ठूलै सम्भवाना छ दोलखामा ।'

तस्बिर : सौगात थापा

प्रकाशित : पुस २४, २०७३ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्

इतिहास बोल्ने सम्पदा

हिमेश

मध्यस्वयम्भूमा रहेको दाङाक ह्योलिङ देवा धर्म गुम्बा त्यहाँ पुगेका सबैले याद गरेको हुनुपर्छ । त्यससँग जोडिएको इतिहासबारे भने धेरैलाई थाहा नहोला ।

आफैंमा आकर्षक यस गुम्बासँग जोडिएको इतिहासले सबैलाई उत्तिकै रोमाञ्चित पनि तुल्याउनेछ । यसलाई भुटानी गुम्बा भनिन्छ । यो गुम्बा स्वयम्भूको मध्यभागमा कसरी स्थापना भयो होला त ? यही प्रश्नले गुम्बाको इतिहास पृथ्वीनारायण शाहसम्म पुर्‍याउँछ । र, योभन्दा अगाडिसम्म पनि । 

किन हो, यो इतिहासबारे उत्ति साह्रो लेखिन्न । र, पुस २७ को पृथ्वी जयन्ती दिवस नजिक आउँदै गर्दा यो प्रसङ्ग उत्तिकै सान्दर्भिक पनि हुन्छ । त्यस भुटानी गुम्बामा लामाहरूसँग यस सम्बन्धमा कुराकानी गर्नुपर्छ, उनीहरूसँग सुनाउनका लागि मज्जाका ऐतिहासिक वृत्तान्त हुने गर्छ । पृथ्वीनारायण शाहले काठमाडौं जितेयता नेपालको आधुनिक इतिहास सुरु हुन्छ । त्यसअगाडि नै भुटानका धर्मगुरु धोम्छेपेकर नेपालको तीर्थयात्रामा निस्केका थिए । 

त्यो समयमा पनि बौद्ध धर्मका अनुयायीका लागि काठमाडौं भ्रमण अनिवार्यजस्तै थियो । यी धोम्छेपेकरले काठमाठौंमा स्वयम्भू, बौद्ध र नमोबुद्धजस्ता स्थान भ्रमण गरे । त्यसपछि उनी तिब्बततिर लागे । त्यति बेला तिब्बत जान गोर्खाको बाटो प्रयोग हुन्थ्यो । गोरखामा भने त्यति बेला राजा थिए, नरभूपाल शाह । त्यति बेला यी राजालाई पुत्रलाभ भएको थिएन र यसैलाई लिएर उनी चिन्तित थिए । भुटानी बौद्ध गुरु आफ्नो राज्यबाट तिब्बत जान लागेको सुनेर नरभूपाल शाह धोम्छेपेकरसामु पुगे र आफ्नो पूरा कथा सुनाए । 

राजाका लागि यो राम्रो अवसर थियो । राजाको अनुरोधमा ती धर्मगुरुले दरबारमा पुत्रलाभको कामना गरेर प्रार्थना गरे । राजाले गुरु दक्षिणाका लागि अनुरोध त गरे, तर धर्मगुरुले फल प्राप्त भएपछि मात्र लिने बताए र तिब्बततिर लागे । धेरै समयपछि यिनै धर्मगुरु फेरि नेपाल आए, तर त्यति बेलासम्म स्थिति पूरा फेरिइसकेको थियो । पृथ्वीनारायण शाहले काठमाडौं जितिसकेका थिए । गोर्खाबाट सुरु भएको राज्य विस्तारले ठूलो आकार लिइसकेको थियो । 

यति बेला भने धर्मगुरु धोम्छेपेकरले पृथ्वीनारायण शाहसँग पुरानो गुरु दक्षिणा मागे । त्यसमा आनाकानी गरेर अस्वीकार गर्नुपर्ने के नै थियो र ? धोम्छेपेकरले स्वयम्भूमा एउटा गुम्बा बनाउने इच्छा व्यक्त गरे । राजाले तुरुन्तै अनुमति दिए र यसरी निर्माण सुरु भयो, स्वयम्भूमा भुटानी गुम्बाको निर्माण । पृथ्वीनारायण शाहको जन्म र उनी राजा भएदेखि लिएर राज्य विस्तार गर्ने अभियानसँग जोडिएर धेरै कथा र किंवदन्ती जोडिएर आउने गर्छ । त्यसमध्ये केही इतिहासभन्दा पनि किंवदन्तीमै सीमित छन् । भुटानी गुम्बा आफैं इतिहास रहेको यससम्बन्धी वृत्तान्त भने कमै सुनिन्छ र भन्ने गरिन्छ । लेखक हिरण्यलाल श्रेष्ठले लेखेको धेरै पुस्तकमध्ये एउटा ‘भुटानमा बौद्ध धर्म र नेपालसितको सम्बन्ध’ हो । पुस्तकमा उनले यो इतिहासबारे राम्रै व्याख्या गरेका छन् । उनका अनुसार नेपाल र भुटानबीच पुरानो सम्बन्धका एक धरोहर हुन्, धोम्छेपेकर लामा । उनैले स्थापना गरेको भुटानी गुम्बामा रहेको परिचय पुस्तकमा धोम्छेपेकरबारे उल्लेख छ । यो गुम्बा कसरी निर्माण भयो भन्नेबारे यसमा बताइएको छ । 

भूकम्पपछि पुननिर्माणका लागि भत्काइँदै गरिएको यस गुम्बाबारे अध्ययन अनुसन्धान हुनुपर्ने काम अझै धेरै बाँकी छ । नेपाल र भुटानबीचको सम्बन्धलाई लिएर लामो अनुसन्धान गर्ने लेखिकामा पर्छिन्, सुशीला मानन्धर फिसर । उनका अनुसार तत्कालीन गोरखा र भुटानबीच धेरै अगाडिदेखि सम्बन्ध थियो, द्रव्य शाहकै पालादेखि । मानन्धरले भुटानको राष्ट्रिय पुस्तकालयमा रहेको गोरखा– भुटान सम्बन्धबारे लेखिएको एउटा पाण्डुलिपि पनि हेर्ने मौका पाएकी थिइन् । त्यो छ्योकी भाषामा छ र यसमा नेपाल आएका भुटानी धर्मगुरुबारे उल्लेख छ । 

त्यसअनुसार राम शाहले नै पुत्रलाभका लागि एक भुटानी लामालाई बेलाएका थिए । उनकै आशीर्वादले गोरखामा शान्ति स्थापना भएको थियो, भनिएको छ । नेपालका इतिहासकारहरूले पनि गोरखा र भुटानबीच सम्बन्ध रहेको चर्चा गरेको पाइन्छ । त्यसअनुसार भने नरभूपाल शाह नि:सन्तान भएको हुनाले आफ्नो उत्तराधिकारी प्राप्तिका लागि उनले भुटानका ल्होपा लामा गोरखा बोलाएर तान्त्रिक पूजा गराएका थिए । भुटानी स्रोतहरूमा पनि पृथ्वीनारायण शाहको जन्मबारे चर्चा पाइन्छ । 

त्यति बेला आएका भुटानी लामाहरूले गोर्खाका तत्कालीन रानीको सपना विश्लेषण गर्दै एक विलक्षण प्रतिभाशाली छोरा जन्मिने भविष्यवाणी गरेका थिए । त्यसैअनुसार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा आक्रमण गर्नुअगाडि भुटानी लामासँग आशीर्वाद लिएका थिए । ती लामा को हुन्, त्यसबारे भने जानकारी छैन । तर पृथ्वीनारायण शाहले आफू विजयी भएको स्थितिमा काठमाडौंमा भुटानलाई धार्मिक हक दिने वचन दिएका थिए । इतिहासका विद्यार्थीहरूका लागि यो आफैंमा रोमाञ्चित तुल्याउने विषय हो, अझै धेरै खोज्न बाँकी विषय ।

प्रकाशित : पुस २४, २०७३ ११:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT