२४ तस्बिरमा हेर्नुहोस् राजधानीमा यसरी मनाइयो पृथ्वी जयन्ती

हेमन्त श्रेष्ठ

काठमाडौं — राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५औँ जन्मजयन्ती विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलले विभिन्न कार्यक्रम गरी मनाएका छन् । पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरिएको छ ।

त्यस क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानका कारण नेपालले विश्वसामु पहिचान बनाएकाले आज हामी नेपाली भएर बाँच्न पाएको बताए ।

तस्बिरहरु: हेमन्त श्रेष्ठ

कार्यक्रममा २९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाल, संयुक्त सुशासनका लागि युवा सङ्गठन नेपाल, शाही युवा शक्ति, गोर्खाली तक्मा नेपाललगायत विभिन्न सङ्घसंस्थाको उपस्थिति थियो । यस्तै शिव सेना नेपालले पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा १०८ मिटर लामो माला चढाएको छ । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो । सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए ।

प्रकाशित : पुस २७, २०७३ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

४० केजी चरेससहित ४ जना पक्राउ, पक्राउ पर्नेमा ३ जना भारतीय

हरिहरसिंह राठौर

धादिङ — प्रहरीले मंगलबार राति भुमेस्थान–६ स्थित पृथ्वीराजमार्गबाट ४० केजी लागुपदार्थ चरेससहित ४ जनालाई पक्राउ गरेको छ । चरेस किनबेच गर्दै गरेको अवस्थामा पक्राउ पर्नेमा एकजना स्थानीय र महिलासहित ३ जना भारतीय नागरिक रहेका छन् ।



भारतीय व्यापारीहरु चसेर कारोबार गर्न आएको सुराकी पाएको प्रहरीले ३ दिनदेखि भारतीयहरुलाई निगरानी गर्दै आएको थियो । 

विद्यार्थीले बोक्ने झोलामा १० केजीका दरले चरेस राखेर किनबेच गरिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चरेस बेच्ने धादिङ, भुमेस्थान–७, निवासी ३४ वर्षीय शम्भु रिजाल, र खरिद गर्नेहरु भारतीय नागरिक विहारस्थित दरभंगा जिल्लाका २० वर्षीय अखिलेशकुमार भगत, १८ वर्षीय सन्तोष पासवान, र दरभंगा घर भई भैरहवा अस्थायी डेरा लिएर बसेकी महिला विटु भनिने २८ वर्षीय मधु गिरी रहेकी छिन् । 

पक्राउ परेकाहरुको साथमा भारु नोट २ हजार दरका ६५ थान लगायत १ लाख ६१ हजार २ सय रुपैंया पनि बरामद भएको प्रहरी नायव उपरिक्षक दिपेन्द्र पन्जियार थारुले बताए । पक्राउ परेकाहरुलाई आवस्यक कारवाहीको लागी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरीले जनाएको छ । 

हरिहरसिंह राठौर/कान्तिपुर

 

प्रकाशित : पुस २७, २०७३ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT