२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सिक्लेसको मेलैमा...

शब्द/तस्बिर : आश गुरुङ

सिक्लेस(कास्की) — कास्कीको उत्तरपूर्वी क्षेत्र अन्नपूर्ण हिमश्रृंखलाको फेदैमा पर्छ सिक्लेस गाउँ । नेपालका गुरुङ गाउँमध्ये यो गाउँ सबैभन्दा ठूलो मानिन्छ । सिक्लेसमा करीब ५ सय घरधुरी एकैठाउँमा छन् । पार्चे गाविसमा पर्ने सिक्लेसमा यस क्षेत्रकै सबैभन्दा ठूलो मेला चलिरहेको छ ।

कास्कीको उत्तरपूर्वी क्षेत्र अन्नपूर्ण हिमश्रृंखलाको फेदैमा पर्छ सिक्लेस गाउँ ।

नेपालका गुरुङ गाउँमध्ये यो गाउँ सबैभन्दा ठूलो मानिन्छ । सिक्लेसमा करीब ५ सय घरधुरी एकैठाउँमा छन् । पार्चे गाविसमा पर्ने सिक्लेसमा यस क्षेत्रकै सबैभन्दा ठूलो मेला चलिरहेको छ ।

ण्मेलाको मुख्य आकर्षण छेला (ठेलो) हान्ने प्रतियोगिता हो । माघे संक्रान्तिको दिन म्हाउँदू र फैंमक्युमा नुहाएपछि शनिबार र आइतबार छेलो हानिएको थियो । छेला हानेर जित्नेलाई क्रेगी (पगरी) गुथाएर पञ्चेबाजा बजाई गाउँ परिक्रमा गराइएको थियो ।



विजयीलाई सभाथरको सभाचोकमा पुगेर सम्मान गरी दिनभरी नाचगान गरेर रमाइलो गरिएको थियो । आइतबार आयोजित गाउँस्तरीय सामूहिक नृत्य प्रतियोगितामा लमजुङको भुजुङबाट आएका टोलीले प्रथम स्थान हासिल गरे ।

मेलामा आमा समूहको ह्याकुचे (भ्यागुताझैं उफ्रने) प्रतियोगिता, खुल्ला पुरुष तथा महिला भलिबल र पुरुषको बास्केटबल प्रतियोगिता भइरहेको छ । मेलाकै अवसरमा तातोपानी तथा रिसिधुँडाँडा हाइकिङको आयोजना गरिएको छ ।

शनिबारदेखि बुधबारसम्म आयोजित मेलाको कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । त्यसपछि हरेक दिन तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङको प्रमुख व्यक्तित्वमा छन् । मेला भर्न देशविदेशबाट पाहुना आएका सिक्लेस युवा क्लबका सल्लाहकार गेहेन्द्र गुरुङले बताए ।

विदेश गएकाहरु कतिपय गाउँ फर्केका छन् । विदेशी पर्यटक पनि छन् । ०५२ सालमा युवा क्लब दर्ता भएपछि युवाहरुले मेलाको आयोजना गर्दै आएको क्लबका अध्यक्ष तिलमान गुरुङले बताए ।

पोखराको काहुँखोलादेखि ४२ किलोमिटर कच्ची सडक पार गरेपछि सिक्लेस आइपुग्छ । क्लवका पूर्वसचिव देवीजंग गुरुङले स्थानीय परिकारको स्वाद लिन, गुरुङ कला, संस्कृतिमा रमाउन र हिमशृंखलाको दृश्यावलोकन गर्न सिक्लेस आउने पर्यटक बढेको बताए ।

‘मोटर चलेपछि सिक्लेस पर्यटकको आकर्षण बनेको छ । मेला भर्न आन्तरिक तथा वाह्य पर्यटक आएका छन्,’ उनले भने ।












प्रकाशित : माघ ३, २०७३ १७:३१

प्रतिक्रिया
पठाउनुहोस्