१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इन्टरपोलका प्रतिनिधिको स्वागतमा झकिझकाउ भक्तपुर

लीला श्रेष्ठ

भक्तपुर — अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) का प्रतिनिधिलाई भक्तपुर नगरपालिकाले सांस्कृतिक आतिथ्यताका साथ स्वागत गरेको छ । इन्टरपोलको २३ औं एसियन सम्मेलन कै क्रममा ‘गाला डिनर’ का लागि आइपुगेका प्रतिनिधिलाई विश्वसम्पदा सुचीमा सुचिकृत भक्तपुर दरबार स्क्वायर प्रवेशद्धारमा भक्तपुर भक्तपुरको पहिचान झल्किने विभिन्न किसिमका ऐतिहासिक नृत्यहरु सहित भादगाउँले टोपी लगाएर स्वागत गरेको हो ।

अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) का प्रतिनिधीलाई भक्तपुर नगरपालिकाले सांस्कृतिक आतिथ्यताका साथ स्वागत गरेको छ ।

इन्टरपोलको २३ औं एसियन सम्मेलन कै क्रममा ‘गाला डिनर’ का लागि आइपुगेका प्रतिनिधिलाई विश्वसम्पदा सुचीमा सुचिकृत भक्तपुर दरबार स्क्वायर प्रवेशद्धारमा भक्तपुर भक्तपुरको पहिचान झल्किने विभिन्न किसिमका ऐतिहासिक नृत्यहरु सहित भादगाउँले टोपी लगाएर स्वागत गरेको हो । दरबार स्क्वायर प्रवेशद्धारसँगै माटोको भाँडो बनाउने कला प्रर्दशन गर्नुका साथै माटो पालामा भक्तपुरको स्थानीय अईला (रक्सी) का साथ सहभागी प्रवेशद्धार प्रवेश गरेका छन् ।

दरबार स्क्वायर प्रवेशसँगै सांसद प्रेम सुवालले भक्तपुरको पहिचानको रुपमा भादगाउँले टोपीले स्वागत गरेका हुन् । ‘गाला डिनर’का लागि भक्तपुर आइपुगेका इन्टरपोल प्रतिनिधीहरुलाई नेपाल पुलिस क्लबका कलाकारहरुले राष्ट्र प्रेमले ओतप्रोत नेपाली संस्कार र संस्कृति झल्किने गीतहरुमा नृत्य प्रस्तुत गरेका छन् । क्लबका कलाकारहरुले तराईको झिझिया, पहाडी झ्याउरे, हिमाली शेर्पा, बुद्धको जीवन गाथासँग सम्बन्धित नृत्य, विभिन्न शास्त्रीय नृत्य, परि नृत्य, धिमे, पूर्वीय लोक शैलीका नृत्यहरु प्रर्दशन गरेका छन् ।

इन्टरपोल सम्मेलनका लागि राजधानी आइपुगेका विभिन्न राष्ट्रका विशिष्ट श्रेणीका प्रहरी अधिकारीको स्वागतमा नगरपालिकाले स्थानीय संस्कृति झल्किने विभिन्न फोटोहरु समेत प्रर्दशनमा राखिएको छ । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीको पनि सहभागी भएकाछन् ।

प्रकाशित : माघ ७, २०७३ १०:३३

प्रतिक्रिया
पठाउनुहोस्